Directive 11सह-वित्तीयकरण कर्जा सम्बन्धी व्यवस्थाProvisions Relating to Consortium Financing
Original/reproduced Nepali source controls; English is a controlled facilitative translation.
Applicability Class A licensed institutions; Class B licensed institutions; Class C licensed institutions
Classification PASS
Updated-through statement No later directive-specific amendment event is asserted beyond the supplied reviewed source set.
Rendering basis Render web-normalized sections and canonical supplemental objects exactly. Canonical reviewed JSON is authoritative for web/PDF. Do not OCR or rewrite legal text.
नेपाली मूल पाठ
यस बैंकबाट “क”, “ख” र “ग” वर्गको इजाजतपत्रप्राप्त संस्थाहरुले सह-वित्तीयकरण (Consortium Financing) अन्तर्गत प्रवाह गर्ने कर्जालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी देहायका निर्देशन जारी गरिएको छ ।
Controlled English translation
In exercise of the authority conferred by Section 79 of the Nepal Rastra Bank Act, 2058, the following directives are issued to make loans extended by Class “A”, “B” and “C” licensed institutions under Consortium Financing systematic and effective.
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशनमा सह-वित्तीयकरण कर्जा भन्नाले दुई वा दुई भन्दा बढी इजाजतपत्रप्राप्त संस्थाहरुले आपसी समझदारीको आधारमा सम्झौता गरी कुनै एउटा ग्राहक, फर्म, कम्पनीलाई वा परियोजनाको लागि प्रवाह गर्ने कर्जा सापट तथा सुविधालाई सम्झनु पर्दछ ।
Controlled English translation
Unless the subject or context otherwise requires, “Consortium Financing Loan” in this Directive means loans, advances and facilities extended to a single customer, firm, company or project by two or more licensed institutions pursuant to an agreement based on mutual understanding.
सह-वित्तीयकरण अन्तर्गत प्रवाह भएका कर्जा उपभोग गर्ने फर्म/कम्पनीले अगुवा बैंक तथा सहभागी बैंकहरुसँग मात्र बैंकिङ कारोबार गर्नु पर्नेछ । यो व्यवस्था Loose Consortium कर्जामा पनि समानरुपले लागू हुनेछ । तर, एउटा कर्जा सह-वित्तीयकरण समूह गठन भएपछिदेखि सो समूहको सहमति लिई नयाँ सदस्यलाई प्रवेश गराउन यो व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।
Loose Consortium भन्नाले सह-वित्तीयकरण समूह गठन नगरी एउटा परियोजनाको लागि पारिपासुको माध्यमबाट सुरक्षण कायम रहने गरी दुई वा दुई भन्दा बढी बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको/गर्ने कर्जा सापट तथा सुविधा भन्ने सम्झनु पर्दछ ।
Controlled English translation
A firm/company using credit extended under consortium financing shall carry out banking transactions only with the Lead Bank and participating banks. This provision shall apply equally to Loose Consortium loans. However, once a consortium financing group has been formed, nothing herein shall prevent admission of a new member with the consent of the group.
“Loose Consortium” means loans, advances and facilities extended/to be extended by two or more banks and financial institutions for a project without forming a consortium group, while maintaining security on a pari passu basis.
(१) यस बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्थाहरु र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले (सम्बन्धित क्षेत्रमा) मात्र सह-वित्तीयकरणमा भाग लिन पाउने छन् ।
तर, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई यस बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्था र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले (सम्बन्धित क्षेत्रमा) अगुवा संस्था हुने गरी गठन हुने सह-वित्तीयकरण समूहमा सहभागी भई कर्जा प्रवाह गर्न यो व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।
स्पष्टीकरण:- यस निर्देशनको प्रयोजनको लागि “अगुवा संस्था” भन्नाले सह-वित्तीयकरण समूहले अगुवा संस्था भनी चयन गरेको कुनै इजाजतपत्रप्राप्त संस्था सम्झनु पर्दछ ।
(२) उपबुँदा (१) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लिखित संस्था बाहेकका अन्य वित्तीय संस्थालाई सह-वित्तीयकरणमा सहभागी गराइएमा यस बैंकलाई जानकारी गराउनु पर्नेछ ।
Controlled English translation
(1) Only institutions licensed by this Bank to conduct financial transactions and Hydroelectricity Investment and Development Company Limited (in the relevant sector) may participate in consortium financing.
However, nothing herein shall prevent the Employees Provident Fund and Citizen Investment Trust from participating in a consortium group and extending credit where an institution licensed by this Bank to conduct financial transactions or Hydroelectricity Investment and Development Company Limited (in the relevant sector) acts as the Lead Institution.
Explanation: For the purpose of this Directive, “Lead Institution” means a licensed institution selected by the consortium group as the lead institution.
(2) Where a financial institution other than the institutions mentioned in the proviso to sub-clause (1) is included as a participant in consortium financing, this Bank shall be informed.
(१) सह-वित्तीयकरणमा सहभागी नभएको इजाजतपत्रप्राप्त संस्थाले सह-वित्तीयकरण समूहद्वारा प्रवाहित कर्जामा थप हुने गरी सोही परियोजनाको लागि कर्जा सापट तथा सुविधा प्रवाह गर्न पाउने छैन ।
तर, विशेष कारण परेमा सह-वित्तीयकरण समूहको स्वीकृति लिई त्यस्तो समूहमा सहभागी नभएको कुनै इजाजतपत्रप्राप्त संस्थाले सह-वित्तीयकरण समूहद्वारा प्रवाहित कर्जामा थप हुने गरी कुनै पनि प्रकारको कर्जा सापट तथा सुविधा प्रवाह गर्न पाउनेछ ।
स्पष्टीकरण:- यस निर्देशनको प्रयोजनको लागि “सह-वित्तीयकरण समूह” भन्नाले सह-वित्तीयकरणमा सहभागी संस्थाहरुको समूह सम्झनु पर्दछ ।
(२) सह-वित्तीयकरणको व्यवस्था अन्तर्गत कर्जा सापट तथा सुविधा लिएको कुनै ग्राहक, फर्म, कम्पनी वा परियोजनाले त्यस्तो कर्जा सापट तथा सुविधाको खाता सह-वित्तीयकरणमा सहभागी सदस्य बाहेकका अन्य इजाजतपत्रप्राप्त संस्थामा खोल्न पाउने छैन । तर, त्यस्तो खाता विशेष कारणवश अन्य इजाजतपत्रप्राप्त संस्थामा खोल्नु पर्ने परिस्थिति परेमा सह-वित्तीयकरण समूहको स्वीकृति लिई खोल्न सकिनेछ ।
Controlled English translation
(1) A licensed institution that does not participate in a consortium financing arrangement shall not extend additional loans, advances or facilities for the same project on top of credit extended by the consortium group.
However, where there is a special reason, a licensed institution not participating in the consortium group may, with approval of the consortium group, extend any type of additional loan, advance or facility in addition to credit extended by the consortium group.
Explanation: For the purpose of this Directive, “Consortium Financing Group” means the group of institutions participating in consortium financing.
(2) A customer, firm, company or project that has obtained loans, advances or facilities under consortium financing shall not open an account for such loans, advances or facilities with a licensed institution other than a participating member. However, where there is a special reason to open such account with another licensed institution, it may be opened with approval of the consortium group.
कर्जाको लागि निवेदन परी सह-वित्तीयकरण समूह गठन भई अगुवा संस्थाको चयन समेत भइसके पश्चात नब्बे दिनभित्र सह-वित्तीयकरणमा सहभागी हुने अगुवा संस्था तथा सहभागी सदस्यहरुले कर्जा सापट तथा सुविधा प्रवाह गर्ने वा नगर्ने सम्बन्धमा निर्णय दिइसक्नु पर्नेछ ।
Controlled English translation
After an application for credit has been received, the consortium financing group has been formed and the Lead Institution selected, the Lead Institution and participating members shall decide within ninety days whether or not to extend the loans, advances and facilities.
सह-वित्तीयकरणमा सहभागी हुने अन्य सदस्यहरुको चयन गर्ने अधिकार ऋणी र निजले कर्जा सापट तथा सुविधाको लागि निवेदन दिएको इजाजतपत्रप्राप्त संस्थालाई हुनेछ । तर, एकपटक सह-वित्तीयकरण समूह गठन भइसकेपछि सो समूहको सहमति बिना नयाँ सदस्यलाई प्रवेश गराउन पाइने छैन ।
Controlled English translation
The borrower and the licensed institution to which the borrower has applied for loans, advances or facilities shall have the right to select other participating members of the consortium financing. However, once the consortium financing group has been formed, no new member may be admitted without the consent of the group.
बुँदा नं. ६ बमोजिम चयन भएका सम्पूर्ण इजाजतपत्रप्राप्त संस्थाले कर्जा सापट तथा सुविधा प्रवाह गर्नु अघि सह-वित्तीयकरणमा सहभागी हुने इजाजतपत्रप्राप्त संस्थाहरुको सह-वित्तीयकरण समूह गठन गर्नुपर्नेछ । सो समूहको आन्तरिक कार्यविधि समूह स्वयंले निर्धारण गरे बमोजिम हुनेछ ।
Controlled English translation
All licensed institutions selected pursuant to Clause 6 shall form a consortium financing group before extending loans, advances or facilities. The internal procedures of the group shall be as determined by the group itself.
सबैभन्दा बढी कर्जा सापट तथा सुविधाको अंश लगानी गर्न इच्छुक ग्राहकसँग लामो अवधिदेखि परिचित, सह-वित्तीयकरणमा अनुभव प्राप्त तथा व्यावसायिक सल्लाह दिने क्षमतामा आधारित गरी सह-वित्तीयकरण समूहका सदस्यले आफूमध्येबाट कुनै एक इजाजतपत्रप्राप्त संस्थालाई अगुवा संस्थाको रुपमा चयन गर्नु पर्नेछ । साथै, आवश्यक भएमा सह-वित्तीयकरण सम्झौतामा काम, कर्तव्य उल्लेख गरी सह अगुवा (Co-lead) संस्थाको व्यवस्था गर्न सकिने छ ।
Controlled English translation
The members of the consortium financing group shall select from among themselves one licensed institution as the Lead Institution, taking into account the institution willing to invest the largest share of the loan/facility, its long-standing familiarity with the customer, experience in consortium financing and capacity to provide professional advice. Where necessary, a Co-lead institution may also be appointed with its duties specified in the consortium financing agreement.
सह-वित्तीयकरण अन्तर्गत कर्जा सापट तथा सुविधा प्रवाह गर्दा र सोको साँवा र ब्याज असुली गर्दा अगुवा संस्था मार्फत गर्नु पर्नेछ । किस्ता साँवा तथा ब्याज आंशिक रुपमा असुली भएको अवस्थामा लगानीको अनुपातमा दामासाहीले बाँडफाँड गर्नु पर्नेछ ।
Controlled English translation
Loans, advances and facilities under consortium financing shall be disbursed through the Lead Institution, and recovery of principal and interest shall also be made through the Lead Institution. Where principal instalments or interest are recovered partially, the recovered amount shall be distributed pro rata in proportion to investment.
अगुवा संस्थाको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :-
(क) सह-वित्तीयकरणमा सहभागी सदस्यहरुको अगुवा तथा प्रतिनिधि (एजेन्ट) को रुपमा काम गर्ने,
(ख) सह-वित्तीयकरणमा सहभागी सदस्यहरुको बीचमा समन्वय गर्ने र आवश्यक पत्राचार गर्ने,
(ग) सह-वित्तीयकरण समूहको बैठक कम्तीमा छ महिनामा एकपटक अनिवार्य रुपमा बोलाउने,
(घ) कुनै विशेष कारण परी सह-वित्तीयकरण समूहको कुनै सदस्यले समूहको बैठक बोलाउन माग गरेमा पन्ध्र दिनभित्र बैठक बोलाउने,
(ङ) परियोजना विश्लेषण गर्ने, प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदनको प्रति सह-वित्तीयकरणमा सहभागी सदस्यहरुलाई उपलब्ध गराउने,
(च) परियोजनाको लागि अल्पकालीन कर्जा माग भएमा सोको आवश्यकताको विश्लेषण गर्ने,
(छ) सह-वित्तीयकरणमा सहभागी सदस्यहरुको सहमतिका आधारमा सह-वित्तीयकरण सम्बन्धी सम्झौताको शर्तहरु तयार गर्ने र त्यस्ता शर्तहरुको एक/एक प्रति सबै सहभागी सदस्यहरुलाई उपलब्ध गराउने,
(ज) कर्जा सापट तथा सुविधा प्रवाह गर्नका लागि आवश्यक कागजात तयार पार्ने,
(झ) धितो रोका राख्ने व्यवस्था मिलाउने तथा बीमा लगायतका लगानी सुरक्षित गर्ने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने,
(ञ) कर्जा सापट तथा सुविधा सुरक्षण सम्बन्धी सम्पूर्ण कागजातहरु सुरक्षित राख्ने र त्यस्ता कागजातहरुको प्रतिलिपि सबै सहभागी सदस्यहरुलाई उपलब्ध गराउने,
(ट) समय-समयमा ऋणीबाट आवश्यक तथ्याङ्क तथा अन्य सूचनाहरु प्राप्त गर्ने र सो सूचनाहरु सबै सहभागी सदस्यहरुलाई उपलब्ध गराउने,
(ठ) समय समयमा सहभागी सदस्यहरुको सहभागितामा परियोजनाको स्थलगत निरीक्षण गर्ने र निरीक्षण प्रतिवेदन तयार गर्ने तथा सो प्रतिवेदनको प्रतिलिपि सबै सहभागी सदस्यहरुलाई उपलब्ध गराउने,
(ड) कर्जा सापट तथा सुविधा प्रवाह गरिएको परियोजनाको समय समयमा कार्यसम्पादनको मूल्याङ्कन गरी सोको जानकारी सबै सदस्यहरुलाई गराउने,
(ढ) सहभागी सदस्यहरु समान रुपमा कर्जा नोक्सानी व्यवस्था कायम गर्ने व्यवस्था मिलाउने,
(ण) सह-वित्तीयकरण सम्बन्धी यस बैंकमा पठाउनु पर्ने सम्पूर्ण सूचनाहरु पठाउने, सह-वित्तीयकरणका बारेमा अगुवा संस्थाको रुपमा र अन्य सदस्यसँग सदस्यहरुको तर्फबाट समेत यस बैंकमा आवश्यक पत्राचार गर्ने र सोको जानकारी सबै सहभागी सदस्यहरुलाई दिने,
(त) ऋण नतिर्ने ऋणी उपर कुनै किसिमको कानूनी कारवाही अगाडि बढाउनु पर्ने अवस्था आएमा सह-वित्तीयकरण समूहको बैठकबाट सोको निर्णय गराई आवश्यक कानूनी कारवाही अगाडि बढाउने,
(थ) आफ्नो भूमिका निर्वाह गरेबापत निर्देशन नं. २० ले तोकेको बमोजिमको सेवा शुल्क सम्झौतामा सह-वित्तीयकरण समूहले निर्णय गरे बमोजिम सेवा शुल्क लिन सक्ने,
(द) सह-वित्तीयकरण अन्तर्गत लगानी गर्न कबुल गरेको रकम कुनै सदस्यबाट वितरण गर्न ढिलाई भै सो रकम सहभागी सदस्यको तर्फबाट अगुवा संस्थाले आफ्नो प्रतिश्रुत कर्जा सीमाभित्र रही प्रवाह गरेमा साँवा रकम र ढिलाई गरेजतिको अवधिको ब्याज तथा सह-वित्तीयकरण समूह बीचको सहमतिमा निर्धारण गरिएको बमोजिम हर्जाना समेत ढिलाई गर्ने सहभागी सदस्यबाट असुलउपर गर्न सक्ने,
(ध) सह-वित्तीयकरणको व्यवस्था मिलाउँदा हुने विभिन्न खर्च लगायत ऋण नतिर्ने ऋणी उपर कानूनी कारवाही अगाडि बढाउँदा हुने खर्च ऋणीबाट असुल हुन नसकेमा सबै सहभागी सदस्यहरुबाट लगानी गरिएको कर्जा रकमको अनुपातमा असुलउपर गर्न सक्ने,
(न) कर्जा सापट तथा सुविधा प्रदान गर्नु अघि कर्जा सूचना केन्द्रबाट ऋणीका सम्बन्धमा आवश्यक सूचना लिनुपर्ने र यसरी सूचना लिँदा कर्जा सूचना केन्द्रमा परेको वा निजले कुनै कर्जा यथासमयमा चुक्ता नगरेको भएमा कर्जा प्रवाह गर्न नपाइने,
(प) सह-वित्तीयकरण सम्बन्धी सम्झौतामा उल्लेख भए बमोजिम ऋणीलाई यथासमयमा कर्जा सापट तथा सुविधा उपलब्ध गराउने,
(फ) यस बैंकको निर्देशनको अधीनमा रही सह-वित्तीयकरण समूहको बैठकको निर्णयानुसार अन्य आवश्यक काम कारवाही गर्ने ।
Controlled English translation
The functions, duties and powers of the Lead Institution shall be as follows:
(a) act as the lead and representative (agent) of participating members;
(b) coordinate among participating members and carry out necessary correspondence;
(c) mandatorily convene a meeting of the consortium group at least once every six months;
(d) where any member requests a meeting for a special reason, convene the meeting within fifteen days;
(e) analyse the project, prepare a report and provide copies to all participating members;
(f) where short-term credit is requested for the project, analyse the requirement;
(g) prepare the terms of the consortium financing agreement on the basis of consent of participating members and provide one copy to each member;
(h) prepare documents required for extension of loans, advances and facilities;
(i) arrange creation/registration of security and perform all activities relating to protection of investment, including insurance;
(j) safely retain all documents relating to loans, advances, facilities and security and provide copies to all participating members;
(k) obtain necessary data and other information from the borrower from time to time and make such information available to all participating members;
(l) periodically carry out on-site inspection of the project with participation of members, prepare inspection reports and provide copies to all members;
(m) periodically evaluate performance of the financed project and inform all members;
(n) arrange for participating members to maintain loan-loss provisions uniformly;
(o) submit to this Bank all information required in relation to consortium financing, carry out necessary correspondence as Lead Institution on its own behalf and on behalf of members, and provide such information to all participating members;
(p) where legal action must be initiated against a defaulting borrower, obtain a decision of the consortium group meeting and proceed with the necessary legal action;
(q) charge the service fee prescribed by Directive No. 20 for performing its role, as decided by the consortium group in the agreement;
(r) where a member delays disbursement of the amount it committed to invest and the Lead Institution disburses that amount on the member’s behalf within its own committed credit limit, recover from the delaying member the principal amount, interest for the period of delay and any compensation agreed by the consortium group;
(s) where expenses incurred in arranging consortium financing or in taking legal action against a defaulting borrower cannot be recovered from the borrower, recover such expenses from all participating members in proportion to their investment;
(t) before extending loans, advances or facilities, obtain necessary information regarding the borrower from the Credit Information Centre, and where the borrower is adversely reported or has failed to repay any credit on time, do not extend credit;
(u) make loans, advances and facilities available to the borrower on time in accordance with the consortium financing agreement; and
(v) subject to directives of this Bank, carry out other necessary activities pursuant to decisions of the consortium group meeting.
सह-वित्तीयकरणमा सहभागी सदस्यहरुका बीच कुनै विषयमा मतैक्यता हुन नसकेमा बहुमतबाट निर्णय लिनु पर्नेछ र त्यस्तो मतको गणना गर्दा कर्जा लगानीको प्रतिशतको आधारमा गर्नु पर्नेछ । कर्जा प्रवाहमा मत बराबर भएमा अगुवा संस्थाले निर्णायक मत दिन पाउने छ ।
Controlled English translation
Where consensus cannot be reached among participating members on any matter, a decision shall be taken by majority, and votes shall be counted on the basis of the percentage of credit investment. Where votes are tied, the Lead Institution may cast a deciding vote.
सहभागी सदस्यहरुको दायित्व तथा कर्तव्य देहायबमोजिम हुनेछ :-
(क) अगुवा संस्थालाई आफ्नो तर्फबाट सह-वित्तीयकरण सम्बन्धी कामकारवाही गर्ने स्वीकृति पत्र (मञ्जुरीनामा) दिने,
(ख) अगुवा संस्थालाई आफ्नो भूमिका निर्वाह गर्न आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने,
(ग) सह-वित्तीयकरण सम्बन्धी बैठकमा सक्रियरुपले भाग लिने,
(घ) सह-वित्तीयकरण समूहको बैठकबाट औपचारिक रुपमा कर्जा, सापट तथा सुविधा दिने निर्णय भै सकेपछि सह-वित्तीयकरण सम्बन्धी सम्झौताका शर्तहरुमा उल्लिखित सम्पूर्ण शर्तहरुको पालना गर्ने,
(ङ) सह-वित्तीयकरणको भावनालाई कदर गरी यथासक्य सबै निर्णयहरुमा मतैक्य हुने गरी आपसी विवादहरु समाधान गर्ने प्रयास गर्ने,
(च) कुनै एक सदस्यले अर्को सदस्यको अहित हुने गरी आफ्नो स्वार्थ पूर्ति हुने कुनै काम कारवाही नगर्ने,
(छ) आफूले प्रवाह गर्ने कर्जा स्वीकृत गरेपछि अगुवा संस्थालाई जानकारी गराई यथासमयमा सो रकम उपलब्ध गराउने,
(ज) सह-वित्तीयकरण सम्बन्धी सबै काम कारवाही पारदर्शीरुपमा गरी कर्जा र ऋणीसँग सम्बन्धित सूचना एक आपसमा आदान-प्रदान गर्ने,
(झ) सह-वित्तीयकरण समूहको बैठकले गरेको निर्णयको कार्यान्वयन यथाशीघ्र गर्ने,
(ञ) कुनै पनि सदस्यले कुनै परियोजनामा तोकिएको सीमाभन्दा बढी रकम लगानी गर्न, एकपक्षीय रुपमा कर्जा असुली सम्बन्धी काम कारवाही गर्न र सो कर्जाको भिन्न किसिमले वर्गीकरण गर्न नपाउने,
(ट) सह-वित्तीयकरण सम्झौतामा उल्लेख भए बमोजिम ऋणीलाई यथासमय कर्जा सापट तथा सुविधा उपलब्ध गराउनु पर्ने ।
Controlled English translation
The duties and responsibilities of participating members shall be as follows:
(a) give the Lead Institution an authorisation letter (mandate) to act on the member’s behalf in relation to consortium financing;
(b) provide all assistance required by the Lead Institution to perform its role;
(c) actively participate in consortium-financing meetings;
(d) once a formal decision to extend loans, advances or facilities has been made by the consortium group meeting, comply with all terms stated in the consortium financing agreement;
(e) respect the spirit of consortium financing and endeavour to resolve disputes so that decisions are reached by consensus as far as possible;
(f) not undertake any activity in furtherance of its own interest to the detriment of another member;
(g) after approving the credit it is to extend, inform the Lead Institution and make the amount available on time;
(h) conduct all consortium-financing activities transparently and exchange information relating to the loan and borrower;
(i) promptly implement decisions of the consortium group meeting;
(j) not invest in a project beyond the prescribed limit, take unilateral recovery action, or classify the loan differently from the consortium arrangement; and
(k) make loans, advances and facilities available to the borrower on time in accordance with the consortium financing agreement.
सह-वित्तीयकरण अन्तर्गत प्रवाहित कर्जामा ऋणीलाई थप कर्जा प्रदान गर्नु परेमा देहायका आधारमा गर्नु पर्नेछ :-
(क) ऋणीको आवश्यकताको विश्लेषण गरी सह-वित्तीयकरण समूहले मात्र थप कर्जा सापट तथा सुविधाका रकम प्रदान गर्ने सम्बन्धमा निर्णय गर्न सक्ने । यसरी प्रदान गर्ने निर्णय भएको थप कर्जा रकम सबै सदस्यहरुले आ-आफ्नो पूर्व लगानी गरेको रकमको अनुपातमा प्रदान गर्नुपर्ने ।
(ख) खण्ड (क) बमोजिम थप कर्जा प्रदान गर्ने निर्णय भए पश्चात कुनै सहभागी सदस्यले आफूले प्रवाह गर्नु पर्ने थप रकम प्रवाह गर्न असमर्थता जनाएमा बाँकी सदस्यहरु वा बाँकी सदस्यहरुको सहमतिबाट अन्य कुनै सदस्यले त्यस्तो बाँकी रकम समेत प्रवाह गर्न सक्ने । थप लगानीका लागि सह-वित्तीयकरण समूहको सहमतिमा ऋणीको समेत सहमति लिई नयाँ सदस्यलाई समेत समूहमा सहभागी गराउन सकिने ।
(ग) ऋणीलाई थप कर्जा वा सुविधाको आवश्यकता परेको अवस्थामा सह-वित्तीयकरणमा संलग्न संस्थाहरुले कर्जा वा सुविधा प्रदान गर्न नसक्ने अवस्था परेमा सो को लिखित जानकारी ऋणीलाई दिनु पर्नेछ ।
Controlled English translation
Where additional credit is required in respect of a loan financed under a consortium arrangement, the following basis shall apply:
(a) only the consortium group may decide, after analysing the borrower’s requirement, to provide additional loans, advances or facilities. Any additional amount so approved shall be provided by all members in proportion to their previous investments;
(b) where, after such decision, a participating member is unable to provide its share of the additional amount, the remaining members or another member with their consent may provide the remaining amount. With the consent of the borrower and the consortium group, a new member may also be admitted to provide additional investment; and
(c) where consortium institutions are unable to provide additional credit/facility required by the borrower, the borrower shall be informed thereof in writing.
(१) सह-वित्तीयकरण सदस्यले परियोजना सम्पन्न (Project Completion) मा कुनै बाधा नपर्ने गरी देहायको अवस्थामा मात्र सह-वित्तीयकरण समूह छोड्न सक्नेछ :-
(क) सह-वित्तीयकरण समूह छोड्न इच्छुक सदस्यको हिस्सा अन्य सदस्यले लिन मञ्जुर गरेमा, वा
(ख) विद्यमान सदस्यहरुको सहमतिमा नयाँ सदस्यलाई आफ्नो हिस्सा हस्तान्तरण गरेमा ।
(२) सह-वित्तीयकरण समूह छोड्ने सदस्यको हिस्सा स्वीकार गर्ने कुनै पनि सदस्यले पुरानो सदस्यको सम्पूर्ण दायित्व वहन गर्नुपर्नेछ । सह-वित्तीयकरण छोड्न चाहने सदस्यले आफ्नो हिस्सा डिस्काउन्ट वा प्रिमियममा समेत बिक्री गर्न सक्नेछ ।
Controlled English translation
(1) A member may withdraw from the consortium financing group, without adversely affecting Project Completion, only where: (a) another member agrees to take the share of the member wishing to leave; or (b) with consent of existing members, the member transfers its share to a new member.
(2) A member accepting the share of a departing member shall assume all liabilities of the former member. A departing member may sell its share at a discount or premium.
ऋणीको वित्तीय स्थिति समय-समयमा मूल्याङ्कन गर्न आवश्यक देखिएमा सह-वित्तीयकरण समूहले आफ्नो तर्फबाट स्वतन्त्र लेखापरीक्षक वा परामर्शदाता नियुक्त गर्न सक्नेछ । यसरी नियुक्त लेखापरीक्षक वा परामर्शदाताको खर्च आफूले प्रवाह गरेको कर्जा लगानीको अनुपातमा सह-वित्तीयकरण समूहका प्रत्येक सदस्यले व्यहोर्नु पर्नेछ ।
Controlled English translation
Where it is necessary to evaluate the borrower’s financial position from time to time, the consortium group may appoint an independent auditor or consultant on its behalf. The cost of such auditor or consultant shall be borne by each member in proportion to its credit investment.
सहवित्तीयकरण र पारिपासु कर्जाको हकमा ऋणीको SOL Group Name प्रयोग गर्दा सह-वित्तीयकरण समूहको बैठकबाट निर्णय गराई सम्पूर्ण सहभागी बैंक तथा वित्तीय संस्थाले एउटै SOL Group Name प्रयोग गर्नुपर्नेछ ।
Controlled English translation
For consortium and pari passu loans, when using the borrower’s SOL Group Name, the consortium group shall decide the name in a meeting and all participating banks and financial institutions shall use the same SOL Group Name.
अगुवा संस्थाले निर्देशन फा.नं. ११.१ बमोजिम सह-वित्तीयकरण सम्बन्धी प्रत्येक आर्थिक वर्षको असोज, पुस, चैत्र र असार मसान्तको विवरण तयार पारेर मसान्त भएको मितिले ३० दिनभित्र यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा अनिवार्य रुपमा पठाउनु पर्नेछ ।
Controlled English translation
The Lead Institution shall prepare the statement prescribed in Directive Form No. 11.1 for each fiscal year as of the ends of Ashoj, Poush, Chaitra and Ashadh and mandatorily submit it, within 30 days from the month-end date, to the Banks and Financial Institutions Regulation Department and the concerned Supervision Department of this Bank.
(१) यस बैंकबाट यसअघि जारी गरिएका देहायका निर्देशनहरु खारेज गरिएको छ :- एकीकृत निर्देशन, २०८१ को सह-वित्तीयकरण कर्जा सम्बन्धी व्यवस्था इ.प्रा.निर्देशन नं. ११/०८१ बाट जारी गरिएको निर्देशन तथा सोपश्चात् मिति २०८२ माघ २ सम्म जारी भएका यसै विषयसँग सम्बन्धित सम्पूर्ण परिपत्रहरु ।
(२) उपबुँदा (१) बमोजिम खारेज गरिएका निर्देशन तथा परिपत्र बमोजिम भए गरेका काम कारवाही यसै निर्देशन बमोजिम भए गरेको मानिनेछ ।
Controlled English translation
(1) The following directives previously issued by this Bank are hereby repealed: the directive issued as Directive No. 11/081 under the consortium-financing provisions of Unified Directives, 2081 and all circulars relating to the same subject issued thereafter up to Magh 2, 2082.
(2) Any acts or actions done or taken pursuant to the directives and circulars repealed under sub-clause (1) shall be deemed to have been done or taken pursuant to this Directive.
Original Nepali text is authoritative. English is a controlled facilitative translation and is not an official Nepal Rastra Bank translation.
In case of inconsistency, ambiguity or difference, the official Nepali Directive and applicable Nepal Rastra Bank circulars prevail.
C.M. & Associates is not affiliated with, approved by or endorsed by Nepal Rastra Bank. This material is provided for information and reference only and does not constitute legal, regulatory, tax or professional advice.
Technical controls cannot guarantee prevention of screenshots or copying.