Directive 10संस्थापक शेयर नामसारी वा खरिद/बिक्री वा हक हस्तान्तरण सम्बन्धी व्यवस्थाProvisions Relating to Transfer, Purchase/Sale or Assignment of Rights in Promoter Shares
Original/reproduced Nepali source controls; English is a controlled facilitative translation.
Applicability Class A licensed institutions; Class B licensed institutions; Class C licensed institutions
Classification PASS WITH EXPLICIT SOURCE GAP
Updated-through statement Circular No. 1 (A/B/C), FY 2083/84: Amends Clause 2(e)(9) and Clause 9; exact circular wording not reproduced.
Rendering basis Render web-normalized sections and canonical supplemental objects exactly. Canonical reviewed JSON is authoritative for web/PDF. Do not OCR or rewrite legal text.
नेपाली मूल पाठ
यस बैंकबाट “क”, “ख” र “ग” वर्गको इजाजतपत्रप्राप्त संस्थाको संस्थापक वा संस्थापक समूहको शेयर कुनै व्यक्ति वा संस्थालाई नामसारी वा खरिद/बिक्री वा हक हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी देहायका निर्देशन जारी गरिएको छ ।
Controlled English translation
In exercise of the authority conferred by Section 79 of the Nepal Rastra Bank Act, 2058, the following directives are issued in relation to transfer, purchase/sale or assignment of rights in shares of a promoter or promoter group of Class “A”, “B” and “C” licensed institutions to any person or institution.
संस्थापक र संस्थापक समूहको शेयर लिएका व्यक्तिहरुको मृत्यु भएमा वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशबण्डा प्रमाण पुग्नबाट सम्बन्धित हकदारको हित पुग्ने निजहरुको हकधनी यकिनको नाममा नामसारी गरी सो को पन्ध्र दिनभित्र यस बैंकलाई जानकारी दिनु पर्नेछ ।
Controlled English translation
Where a person holding shares of a promoter or promoter group dies, or where entitlement of the concerned successor is established on the basis of a family partition proved in accordance with prevailing law, the shares shall be transferred into the name of the person whose succession right is established, and this Bank shall be informed thereof within fifteen days.
प्रचलित कानुनको अधीनमा रही संस्थापक तथा संस्थापक समूहको शेयर लिने व्यक्ति वा संस्थाले आफ्नो स्वामित्वमा रहेको शेयर देहायबमोजिम रित पु¥याई नामसारी वा बिक्री गर्न सक्ने छन् :-
(क) इजाजतपत्रप्राप्त संस्थाले आफ्ना शेयरधनीको शेयर खरिद/बिक्री वा नामसारी गर्नु पूर्व यस बैंकको स्वीकृति लिनु पर्दछ । स्वीकृतिको लागि सञ्चालक समितिको सिफारिस सहित यस बैंकमा आवेदन गर्नुपर्दछ ।
(ख) खण्ड (क) मा जुनसुकै व्यवस्था भएता पनि संस्थापक संस्थापक बीचमा शेयर खरिद/बिक्री भएमा प्रचलित कानुनको रित पु¥याई खरिद/बिक्री गरी सो को जानकारी १५ दिनभित्र यस बैंकलाई दिनु पर्दछ । तर, चुक्ता पुँजीको दुई (२) प्रतिशतभन्दा बढी हुनेगरी संस्थापक शेयर खरिद गर्ने हकमा संस्थापक संस्थापक बीचमा शेयर खरिद/बिक्री गर्न वा हकप्रद शेयरको हक हस्तान्तरण गर्न यस बैंकको स्वीकृति लिनुपर्नेछ ।
(ग) मृत्यु भई वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशबण्डा भई हक हस्तान्तरण भएको बाहेक अन्य अवस्थामा संस्थापकले आफ्नै समूहका संस्थापकलाई मात्र शेयर नामसारी वा बिक्री गर्नु पर्नेछ ।
(घ) खण्ड (ग) बमोजिम संस्थापक समूहमा शेयर नामसारी वा बिक्री हुन नसकेको अवस्थामा भएमा मात्र अन्य व्यक्ति वा संस्थालाई यस निर्देशनका अधीनमा रही शेयर नामसारी वा बिक्री गर्न सकिने छ । यसरी संस्थापक समूहको शेयर नामसारी वा खरिद गरी लिने व्यक्ति वा संस्था संस्थापक समूहमा नै समावेश हुनेछन् ।
(ङ) देहायको अवस्था भएको कुनै पनि व्यक्ति वा संस्थालाई संस्थापकले आफ्नो स्वामित्वको शेयर नामसारी वा बिक्री गर्न पाउने छैनन् :-
(१) कर्जा सूचना केन्द्रको कालोसूचीमा परी सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष नपुगेको,
(२) सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको आन्तरिक वा बाह्य लेखापरीक्षकमा नियुक्त रहेको,
(३) सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको कानूनी वा अन्य सल्लाहकार पदमा बहाल भएको,
(४) सम्बन्धित इजाजतपत्रप्राप्त संस्थासँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको,
(५) प्रचलित कानुन बमोजिम कर चुक्ता नगरेको वा स्थायी करदाता लेखा नम्बर नियमित नगरेको,
(६) कुनै इजाजतपत्रप्राप्त संस्थाको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएको,
(७) धितोपत्र दलाल वा बजार निर्माता, सहकारी संस्था,
(८) सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा लिएको वा वित्तीय स्वार्थ रहेको । तर, यस बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका वित्तीय संस्थाहरुको हकमा यो प्रावधान लागू हुने छैन ।
(९) इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको पच्चीस प्रतिशत भन्दा कम शेयर लिएको शेयरधनीले थप शेयर नामसारी वा खरिद गरी लिँदा निजको नाममा कायम हुन आउने सम्पूर्ण शेयरको योगले चुक्ता पुँजीको पच्चीस प्रतिशत भन्दा बढी शेयर स्वामित्व हुने अवस्था भएको, वा
(१०) फर्म, कम्पनीको हकमा विगत २ वर्षदेखि सञ्चित मुनाफामा सञ्चालनमा नरहेको ।
(११) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ र १२ को हकमा तोकिएको अवधि र शर्त पूरा नगरेको,
(१२) बैंक तथा वित्तीय संस्थाबाट जारी भएको शेयरको माग रकम चुक्ता/भुक्तानी नगरेको,
(१३) संस्थापक शेयर खरिद/बिक्री पछि कायम हुन आउने कुल संस्थापकहरुमध्ये एक तिहाई सदस्यहरु स्नातक वा सो सरहको योग्यता प्राप्त हुनुपर्नेमा सो अवस्था विद्यमान रहन नसक्ने देखिएको, वा
(१४) यस बैंकले समय समयमा इजाजतपत्रप्राप्त संस्थाको संस्थापक हुन तोकेको न्यूनतम योग्यता र अनुभव नभएको,
(१५) यस बैंकले तोकेको ढाँचा सहितको निवेदन पेश नगरेको र प्रचलित कानुनले अयोग्य ठहर गरेको ।
(१६) प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि (Criminal Record) देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतीत भई नसकेको ।
(च) संस्थापक वा संस्थापक समूहको शेयर कुनै फर्म/कम्पनीको शेयर स्वामित्व कुनै पनि किसिमले हस्तान्तरण गर्नु अघि सो फर्म तथा कम्पनीले यस बैंकबाट स्वीकृति लिनु पर्दछ । इजाजतपत्रप्राप्त संस्थाको संस्थापक वा संस्थापक समूहको शेयर खरिद गर्ने कम्पनीको शेयर अर्को कुनै कम्पनीले खरिद गरेको हकमा त्यस्तो कम्पनीको शेयर पनि कुनै पनि किसिमले हस्तान्तरण गर्नु अघि यस बैंकबाट स्वीकृति लिनु पर्दछ ।
(छ) बैंक तथा वित्तीय संस्थाका संस्थापक/संस्थापक समूहको शेयर खरिद गर्दा खरिदकर्ताले तोकिएको ढाँचामा बैंक/वित्तीय संस्था स्थापना एवम् वित्तीय कारोबार गर्ने इजाजतपत्र सम्बन्धी नीतिगत एवम् प्रक्रियागत व्यवस्थाको संशोधित अनुसूची ३ को बुँदा नं. १६ को विवरण लगायत हुने रकमको आयस्रोत र सोको उपलब्धता सम्बन्धी अभिलेख तयार गरी अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । सो को अभिलेख सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अद्यावधिक गरी राख्नु पर्ने तथा सो सम्बन्धी सम्पूर्ण अभिलेखको प्रतिलिपि यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा समेत पेश गर्नुपर्नेछ ।
(ज) यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा संस्थापक शेयरधनी भई लगानी गर्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण तथा सापटी लिई लगानी गर्न नपाइने हुँदा ।
Controlled English translation
Subject to prevailing law, a person or institution holding shares of a promoter or promoter group may transfer or sell shares owned by it by completing the following procedures:
(a) Before purchase/sale or transfer of shares of its shareholders, a licensed institution shall obtain approval of this Bank. An application shall be submitted to this Bank for approval together with the recommendation of the Board of Directors.
(b) Notwithstanding paragraph (a), where shares are purchased/sold between promoters, the purchase/sale may be completed in accordance with prevailing law and this Bank shall be informed thereof within 15 days. However, where promoter shares are purchased so that the holding exceeds two (2) percent of paid-up capital, approval of this Bank shall be obtained for purchase/sale between promoters or assignment of rights to rights shares.
(c) Except in the case of transfer of rights due to death or family partition in accordance with prevailing law, a promoter shall transfer or sell shares only to a promoter of the same group.
(d) Only where promoter-group shares cannot be transferred or sold within the promoter group pursuant to paragraph (c), may such shares be transferred or sold to another person or institution subject to this Directive. A person or institution acquiring promoter-group shares shall itself be included in the promoter group.
(e) A promoter shall not transfer or sell shares owned by him/her to any person or institution in any of the following circumstances:
(1) where less than three years have elapsed from the date of removal from the blacklist of the Credit Information Centre;
(2) where appointed as internal or external auditor of the concerned licensed institution;
(3) where holding office as legal or other adviser of the concerned licensed institution;
(4) where having an interest in any contract or undertaking with the concerned licensed institution;
(5) where tax has not been cleared in accordance with prevailing law or the permanent taxpayer account number has not been kept regular;
(6) where dishonesty or bad faith in the activities of any licensed institution has been established by a court;
(7) where the person/institution is a securities broker or market maker, or a cooperative institution;
(8) where credit has been obtained from, or there is a financial interest in, the concerned licensed institution. However, this provision shall not apply in the case of Class “D” financial institutions licensed by this Bank;
(9) where a shareholder holding less than twenty-five percent of the paid-up capital of the licensed institution, upon acquiring additional shares by transfer or purchase, would hold in aggregate more than twenty-five percent of the paid-up capital; or
(10) in the case of a firm or company, where it has not been operating with accumulated profits for the previous two years;
(11) where the prescribed period and conditions under Sections 11 and 12 of the Bank and Financial Institution Act, 2073 have not been fulfilled;
(12) where the amount called/due on shares issued by a bank or financial institution has not been paid;
(13) where, after purchase/sale of promoter shares, the requirement that one-third of the total promoters have graduate or equivalent qualifications would no longer remain fulfilled;
(14) where the minimum qualification and experience prescribed from time to time by this Bank for being a promoter of a licensed institution are not possessed;
(15) where an application in the format prescribed by this Bank has not been submitted or the person is disqualified under prevailing law; or
(16) in the case of a person whose police report shows a Criminal Record, where five years have not elapsed after completion of punishment and exoneration.
(f) Before ownership of shares of a firm/company holding promoter or promoter-group shares is transferred in any manner, such firm or company shall obtain approval of this Bank. Where shares of a company that purchases promoter or promoter-group shares of a licensed institution are purchased by another company, approval of this Bank shall also be obtained before shares of such company are transferred in any manner.
(g) When purchasing promoter/promoter-group shares of a bank or financial institution, the purchaser shall prepare and mandatorily submit, in the prescribed format, the particulars referred to in Point 16 of the amended Schedule 3 to the Policy and Procedural Arrangements Relating to Establishment of Banks/Financial Institutions and Licensing of Financial Transactions, together with records of the source of the amount and its availability. The concerned bank or financial institution shall keep such records updated and shall also submit copies of the complete records to the Banks and Financial Institutions Regulation Department of this Bank.
(h) Since investment as a promoter shareholder in a bank or financial institution licensed by this Bank may not be made by taking a loan or advance from a bank or financial institution, such investment shall be made from own funds.
संस्थापक वा संस्थापक समूहको शेयर नामसारी वा खरिद गरी लिने अन्य व्यक्ति वा संस्थाले बुँदा १ र २ मा उल्लेख भएको प्रक्रिया नपु¥याई आफ्नो स्वामित्वको शेयर नामसारी वा बिक्री गर्न पाउने छैनन् ।
Controlled English translation
A person or institution other than the original promoter that has acquired promoter or promoter-group shares by transfer or purchase shall not transfer or sell shares owned by it without completing the procedures stated in Clauses 1 and 2.
यस बैंकले संस्थापक समूहको शेयर नामसारी वा बिक्री गर्न स्वीकृति दिएको मितिले ३ महिनाभित्र आफ्नो स्वामित्वको शेयर नामसारी वा बिक्री गरी सक्नु पर्नेछ । सो अवधि पश्चात संस्थापक समूहको शेयर बिक्री गर्न दिइएको स्वीकृति स्वतः रद्द हुनेछ ।
Controlled English translation
The transfer or sale of promoter-group shares owned by the shareholder shall be completed within three months from the date on which this Bank grants approval for such transfer or sale. After that period, the approval granted for sale of promoter-group shares shall automatically lapse.
जुनसुकै प्रयोजनको लागि पुँजी वृद्धि गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका संस्थापक/संस्थापक समूहको शेयर खरिद गर्दा संस्थापक शेयरधनीहरुले तोकिएको ढाँचामा (बैंक/वित्तीय संस्था स्थापना एवम् वित्तीय कारोबार गर्ने इजाजतपत्र सम्बन्धी नीतिगत एवम् प्रक्रियागत व्यवस्था: २०६३ को संशोधित अनुसूची ३ को बुँदा नं. १६ को विवरण) लगानी हुने रकमको आयस्रोत सम्बन्धी विवरण अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । सो को अभिलेख सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अद्यावधिक गरी राख्नु पर्ने तथा सो सम्बन्धी सम्पूर्ण अभिलेखको प्रतिलिपि यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा समेत पेश गर्नु पर्नेछ ।
Controlled English translation
Whenever promoter/promoter-group shares of a bank or financial institution are purchased in connection with an increase of capital for any purpose, the promoter shareholders shall mandatorily submit, in the prescribed format, particulars regarding the source of income of the amount to be invested (the particulars under Point 16 of the amended Schedule 3 to the Policy and Procedural Arrangements Relating to Establishment of Banks/Financial Institutions and Licensing of Financial Transactions, 2063). The concerned bank or financial institution shall keep the record thereof updated and shall also submit copies of the complete records to the Banks and Financial Institutions Regulation Department of this Bank.
संस्थापक वा सो समूहको शेयर नामसारी वा खरिद गरी लिने व्यक्ति वा संस्थाले यस निर्देशन विपरीत हुने गरी आफ्नो स्वामित्वमा रहेको शेयर नामसारी वा बिक्री गरेमा त्यसरी निर्देशन विपरीत आफ्नो स्वामित्वमा रहेको शेयर नामसारी वा बिक्री गर्ने व्यक्ति वा संस्थालाई निजहरुले आफ्नो स्वामित्वमा रहेको शेयर नामसारी वा बिक्री गरेको मितिले कम्तीमा पाँच वर्षसम्म अर्को कुनै इजाजतपत्रप्राप्त संस्थाको संस्थापक हुन तथा कुनै पनि इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक हुन योग्य हुने छैनन् ।
Controlled English translation
Where a person or institution that has acquired promoter or promoter-group shares by transfer or purchase transfers or sells shares owned by it contrary to this Directive, such person or institution shall, for at least five years from the date of such transfer or sale, not be eligible to become a promoter of another licensed institution or a director of any licensed institution.
(क) यस बैंकबाट इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने छ । साथै, “घ” वर्गको संस्थाको हकमा उपर्युक्तबमोजिमको सीमालाई क्रमशः २५ प्रतिशत र १० प्रतिशत कायम गरिएको छ । उल्लेखित लगानी सीमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएको संस्थागत संरचनाहरुको हकमा लागू हुने छैन ।
(ख) माथि उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरुको हकमा तोकिएको सीमाभित्र नआउन्जेलसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट वितरण गरिने नगद लाभांश तथा बोनस शेयर रोका राखी सम्बन्धित संस्थाबाट जारी गरिने हकप्रद शेयरमा सहभागी हुन बन्देज लगाइएको छ । साथै, त्यस्तो बैंक तथा वित्तीय संस्थालाई त्यस्ता लगानीकर्ता संस्थापकहरुले बोनस तथा हकप्रदबापत प्राप्त गरेको शेयर अन्य व्यक्ति वा संस्थालाई हस्तान्तरण गर्न समेत बाधा पु¥याएको मानिने छैन ।
(ग) यस निर्देशन जारी हुँदापूर्व उल्लिखित खण्ड (क) मा तोकिएको सीमाभन्दा बढी शेयर धारण गरेका नेपाल सरकारको ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका वित्तीय क्षेत्रसँग सम्बन्धित कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले २०८७ असार मसान्तसम्म खण्ड (क) बमोजिमको सीमाभित्र ल्याइसक्नु पर्नेछ । उक्त मितिपश्चात समेत सीमा कायम हुन नसकेमा खण्ड (ख) बमोजिम कारवाही हुनेछ ।
Controlled English translation
(a) Investment in shares of any one bank or financial institution licensed by this Bank may be made up to a maximum of 15 percent of its paid-up capital, and investment in other banks and financial institutions may be made only up to a maximum of 1 percent of their paid-up capital. In the case of a Class “D” institution, the above limits shall be 25 percent and 10 percent, respectively. These investment limits shall not apply to institutional structures operated by the Government of Nepal, Nepal Rastra Bank, and banks and financial institutions.
(b) In the case of promoter shareholders holding shares in excess of the above limits, until the holding is brought within the prescribed limit, cash dividends and bonus shares distributed by the concerned bank or financial institution shall be withheld and participation in rights shares issued by the institution shall be prohibited. Nothing herein shall be deemed to prevent such a bank or financial institution from arranging the transfer to other persons or institutions of bonus and rights shares received by such promoter investors.
(c) The Employees Provident Fund, Citizen Investment Trust and Rastriya Beema Sansthan, being financial-sector institutions in which the Government of Nepal has ownership of 50 percent or more and which, before issuance of this Directive, held shares exceeding the limit prescribed in paragraph (a), shall bring such holdings within the limit under paragraph (a) by the end of Ashadh 2087. If the limit is still not maintained after that date, action shall be taken pursuant to paragraph (b).
प्रचलित कानुन र यस बैंकको निर्देशन पालना गर्ने/गराउने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुले धारण गरेका संस्थापक शेयर, संस्थापक-संस्थापक बीचमा हस्तान्तरण गर्नु पर्ने अवस्था आई परेमा यस बैंकको स्वीकृति लिनु पर्ने व्यक्ति, फर्म, कम्पनी, संस्था तथा समूहको १५ प्रतिशतको सीमाभन्दा बढी भएका समेतमा समेत स्वीकृति लिन बाधा पुगेको मानिने छैन । तर, यसरी धारण गरेका शेयर १५ प्रतिशतको सीमाभन्दा बढी भएको अवस्थामा उक्त शेयर आफुले धारण गरेको मितिले १ वर्षभित्र बिक्री वितरण गरी अनिवार्य रुपमा १५ प्रतिशतको सीमाभित्र ल्याई सक्नु पर्नेछ । उपर्युक्त तोकिएको सीमाभित्र कायम नरहेका बैंक तथा वित्तीय संस्थाका संस्थापक शेयरधनीहरुलाई उक्त सीमाभित्र नआउन्जेलसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट वितरण हुने नगद लाभांश, बोनस शेयर र हकप्रद शेयरमा सहभागी हुन बन्देज लगाइएको छ ।
Controlled English translation
For the purpose of ensuring compliance with prevailing law and directives of this Bank, where promoter shares held by banks and financial institutions are required to be transferred between promoters, nothing shall be deemed to prevent the person, firm, company, institution or group concerned from obtaining approval of this Bank even where the holding exceeds the 15 percent limit. However, where shares so held exceed the 15 percent limit, the excess shall be sold/distributed within one year from the date of acquisition so as compulsorily to bring the holding within the 15 percent limit. Promoter shareholders of banks and financial institutions that remain outside the above prescribed limit shall, until brought within the limit, be prohibited from receiving cash dividends and bonus shares and from participating in rights shares distributed by the concerned institution.
संस्थापकको स्वामित्वमा रहेको शेयर नामसारी वा खरिद गरी लिने व्यक्ति वा संस्था पनि संस्थापकहरुको समूहमा रहने गरी इजाजतपत्रप्राप्त संस्थाले प्रत्येक २ त्रैमासिकमा अनिवार्य रुपमा संशोधन गर्ने व्यवस्था गर्नु पर्नेछ ।
Controlled English translation
A licensed institution shall make arrangements for mandatory updating every two quarters so that a person or institution acquiring shares owned by a promoter by transfer or purchase remains included in the promoter group.
यस बैंकबाट स्वीकृति नलिई इजाजतपत्रप्राप्त संस्थाले संस्थापक समूहको शेयर नामसारी वा बिक्री गरेको लगत कट्टा गरी दिएमा त्यस्ता संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम कारवाही हुनेछ ।
Controlled English translation
Where a licensed institution, without approval of this Bank, records the transfer or sale of promoter-group shares by striking off the existing holding, action shall be taken against such institution pursuant to Section 100 of the Nepal Rastra Bank Act, 2058.
यस बैंकबाट इजाजतपत्र जारी वा इजाजतपत्रको लागि नयाँ निवेदन पेश हुने बैंक तथा वित्तीय संस्थाको शेयरमा प्रचलित कानुन बमोजिम संस्थापित सहकारी संस्थाहरुले लगानी गर्न पाउने छैनन् ।
Controlled English translation
Cooperative institutions established under prevailing law shall not be permitted to invest in shares of a bank or financial institution licensed by this Bank or in a bank or financial institution for which a new licence application has been submitted.
सर्वसाधारणका लागि शेयर बिक्री आह्वान गरी विवरणपत्र समेत जारी गरी शेयरको शुरु निष्काशन (Initial Public Offering) को माध्यमबाट शेयर धारण गरी कायम हुन आएका शेयरधनीहरु बाहेक संस्थापक, संस्थापक समूह र Private Placement को माध्यमबाट स्वदेशी वा विदेशी व्यक्ति वा संस्थाले धारण गरेको शेयरसमेत यस बैंकको नियमन प्रयोजनार्थ संस्थापक/संस्थापक समूहको शेयर सरह मानिने छ ।
Controlled English translation
For regulatory purposes of this Bank, shares held by promoters, the promoter group, and domestic or foreign persons or institutions through Private Placement shall be treated as promoter/promoter-group shares, except shares held by shareholders who became shareholders through an Initial Public Offering by inviting the public to subscribe for shares and issuing a prospectus.
सार्वजनिक निष्काशन गर्न भनी छुट्याइएको धितोपत्र सम्बन्धित संस्थापक, सञ्चालक वा निजका परिवारले लिन पाउने छैनन् । तर, त्यस्तो धितोपत्रको दरखास्त खुला रहने भनी तोकिएको अवधिभित्र पूरा बिक्री नभएको अवस्थामा भने यो प्रतिबन्ध लागू हुने छैन ।
Controlled English translation
Securities set aside for public issue shall not be taken by the concerned promoter, director or members of his/her family. However, this restriction shall not apply where such securities are not fully sold within the period prescribed for keeping applications open.
कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सोभन्दा बढी संस्थापक शेयर धारण गर्ने वा गरेको शेयरधनीले संस्थापक बाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक शेयर खरिद/बिक्री गर्नु पूर्व अनिवार्य रुपमा यस बैंकको स्वीकृति लिनु पर्दछ ।
Controlled English translation
A shareholder holding one percent or more promoter shares in any one bank or financial institution shall mandatorily obtain approval of this Bank before purchasing or selling any amount of promoter shares in any other bank or financial institution, except as otherwise permitted for promoters.
इजाजतपत्रप्राप्त संस्थाको संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर प्रचलित ऐन कानुन तथा देहायका शर्तहरुको अधीनमा रही विद्यमान संस्थापकहरुबीच वा अन्य व्यक्ति वा संस्थालाई यस बैंकको पूर्व स्वीकृतिमा खरिद/बिक्री गर्न सकिनेछ ।
तर, इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको दुई (२) प्रतिशत वा सोभन्दा कम शेयर लिएका संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर विद्यमान संस्थापकहरुबीच वा अन्य व्यक्ति वा संस्थालाई खरिद/बिक्री गर्नको लागि यस बैंकको स्वीकृति लिइरहनु पर्दैन । नयाँ संस्थापकहरुले यस बैंकले तोकेको मापदण्ड र Fit and Proper Test को व्यवस्थालाई परिपालना गरेको हुनु पर्नेछ । साथै, दुई प्रतिशतभन्दा बढी शेयर धारण गरेको संस्थापक शेयरधनीहरुको हकमा भने यस प्रयोजनको लागि संस्थापक शेयर खण्डीकृत गरी दुई प्रतिशत वा सोभन्दा कम गरी यस्तो सुविधा उपयोग गर्न पाइने छैन ।
(क) संस्थापक शेयरधनीको मृत्यु भएको, वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशबण्डा भएको वा अदालतको आदेश भएको अवस्थामा सम्बन्धित हकवालालाई प्रचलित कानुन बमोजिम हस्तान्तरण गर्न सकिने छ ।
(ख) मृत्यु भई वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशबण्डा भई हक हस्तान्तरण भएको अवस्थामा बाहेक संस्थापक शेयरधनीले आफ्नो संस्थापक शेयर हस्तान्तरण गर्दा विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्दछ । विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरिद गर्न नचाहेको खण्डमा सोको लिखित जानकारी लिई अन्य समूह वा बाह्य व्यक्ति/संस्थालाई बेचबिखन गर्न सकिने छ । सम्पूर्ण संस्थापकहरुको लिखित सहमति लिन सम्भव नभएमा सम्बन्धित बैंक/वित्तीय संस्था मार्फत राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा ३५ दिनको सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराउने र सो अवधिभित्र विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न चाहेको लिखित जानकारी पेश हुन नआएमा मात्र प्रचलित कानुनको अधीनमा रही पुनः सार्वजनिक सूचना प्रकाशन गरी अन्य व्यक्ति/संस्थालाई बिक्री गर्न सकिने छ ।
(ग) संस्थापक समूहको शेयर खरिद गर्ने व्यक्ति/संस्थालाई सोही संस्थापक समूहमा समावेश गर्नु पर्नेछ ।
(घ) बुँदा नं. २ को खण्ड (ङ) मा उल्लिखित अयोग्यता भएको व्यक्ति/संस्था संस्थापक शेयर खरिद/बिक्री गर्न कारोबारमा सहभागी हुन पाउने छैन ।
(ङ) संगठित संस्थाले शेयर खरिद गर्ने भएमा उक्त संस्थाको कार्य/उद्देश्यमा शेयर खरिद/बिक्री गर्न पाउने/नपाउने यकिन गरी विगत २ आर्थिक वर्षदेखि सञ्चालन मुनाफामा रहेको वित्तीय विवरण यकिन गरेर मात्र बिक्री गर्नु पर्नेछ । साथै, उक्त संगठित संस्थाको सञ्चालकहरु समेत कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा समावेश नभएको हुनुपर्नेछ ।
(च) कुनै व्यक्ति फर्म, कम्पनी, एकाघर परिवार वा संगठित संस्थाद्वारा संस्थापक शेयरमा लगानी गर्दा यस बैंकबाट इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थामा बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेको हुँदा सो सम्बन्धी अवस्था सम्बन्धित बैंक वा वित्तीय संस्थाले यकिन गरी मात्र संस्थापक शेयर खरिद/बिक्री कार्य हुन सक्नेछ ।
(छ) माथि खण्ड क, ख, ग, घ र ङ मा उल्लिखित अवस्था पूरा भए नभएको बारे सम्बन्धित बैंक/वित्तीय संस्थाको सञ्चालक समितिले आफैं यकिन गरेर मात्र संस्थापकहरुको स्वामित्व लागत कित्तामा परिवर्तन गराउनु पर्नेछ । संस्थापक शेयर खरिद/बिक्री सम्बन्धी स्वीकृति सम्बन्धित बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिले नै प्रदान गर्न सक्नेछ ।
(ज) शेयरधनीहरुले खरिद/बिक्री गर्ने संस्थापक शेयरको मूल्य र सम्बन्धित निकायहरुमा लाग्ने कर, दस्तुर, सेवा शुल्क प्रचलित कानुन बमोजिम हुनेछ ।
(झ) चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी संस्थापक शेयर धारण गरेको अवस्थामा त्यस्तो शेयर टुक्रा टुक्रा गरी वा एकमुष्ट रुपमा संस्थापक समूहमा नरहेको व्यक्तिलाई बिक्री गर्न नपाउने तथा संस्थापक शेयर बिक्री/हस्तान्तरण वा नामसारी गर्न यस बैंकको स्वीकृति लिनु पर्नेछ ।
(ञ) कुनै बैंक वा वित्तीय संस्थामा संस्थापक शेयर धितो राखी कर्जा लिएको अवस्थामा कर्जा असुलीका पर्याप्त उपायहरु अवलम्बन गर्दा समेत उक्त कर्जा असुलउपर हुन नसके उक्त संस्थापक शेयर नै जफत गरी पूर्व असुली निर्देशनको कर्जा गएको अवस्थामा र पर्याप्त मूल्यमा बैंक वा वित्तीय संस्थाको संस्थापक शेयर बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थामा शेयर संख्या र औचित्यका आधारमा जफत गरिएको/बाध्यात्मक रुपमा बिक्री गर्नु पर्ने उक्त संस्थापक शेयर बिक्री गर्नका लागि खरिदकर्ताको पहिचान गर्ने सम्बन्धमा देहायको प्रक्रिया अवलम्बन गर्न सकिने छ :
(१) संस्थापक शेयर सार्वजनिक सूचना गरी बोलकबोल (गोप्य सिलबन्दी) को माध्यमबाट प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति एवम् निर्देशन विपरीत नहुने गरी सर्वाधिक बढी वा वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थालाई बिक्री गर्न खरिदकर्ता छनौट गर्ने,
(२) प्रचलित कानुन तथा विद्यमान निर्देशनमा भएको व्यवस्था बमोजिम यसरी संस्थापक शेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समूहमा नै पर्ने व्यहोरा समेत जानकारी गराउने । संस्थापक शेयर खरिदकर्ता पहिचान भइसकेपछि चुक्ता पुँजीको २ प्रतिशतभन्दा घटी संस्थापक शेयर धारण गर्ने संस्थापक शेयरधनीको संस्थापक शेयरको हकमा बुँदा नं. १५ मा उल्लिखित प्रक्रिया अपनाई शेयर बिक्री वा नामसारी गर्नु पर्ने । तर, चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी शेयर स्वामित्व धारण गरेको वा हुने अवस्थामा शेयर बिक्री/हस्तान्तरण वा नामसारी गर्नु पूर्व यस बैंकबाट स्वीकृति लिनु पर्ने ।
(ट) संस्थापक शेयर धितोमा कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा सूचीकृत रहेको भए त्यस्तो संस्थापक शेयर बिक्रीबाट प्राप्त हुन आउने रकम अनिवार्य रुपमा कर्जा चुक्ता गर्ने प्रयोजनका लागि उपयोग गर्नु पर्नेछ ।
(ठ) उल्लिखित व्यवस्थाको अधीनमा रही शेयर खरिद/बिक्री गरी नयाँ कायम भएका संस्थापक शेयरधनीहरु सहितको अर्धवार्षिक विवरण १५ दिनभित्र यस बैंक समक्ष पेश गर्नु पर्नेछ ।
(ड) माथि उल्लिखित प्रक्रिया नपु¥याई संस्थापक शेयर खरिद/बिक्री गरिएको अवस्थामा देहायका कारवाही हुनेछन्:
(१) बैंक वा वित्तीय संस्था: नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम सचेत गराउने लगायतका अन्य कारवाही । विक्रेता संस्थापक शेयरधनीका हकमा जुन बैंक वा वित्तीय संस्थाको संस्थापक शेयर हो सोही बैंक वा वित्तीय संस्थाले जफत गर्न सक्ने ।
(२) खरिद/बिक्रीकर्ता: नयाँ संस्थापना हुने बैंक वा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्न र कुनै पनि इजाजतपत्रप्राप्त संस्थाको संस्थापकको रुपमा रहन खरिद/बिक्री गरेको मितिले ५ वर्षसम्म योग्य नहुने ।
(ढ) प्रचलित ऐन, कानुन र यस बैंकबाट जारी गरिएका नीति निर्देशनहरुमा कुनै परिमार्जन भएमा सोही बमोजिम उल्लिखित व्यवस्थामा परिमार्जन भएको मानिने छ ।
Controlled English translation
Promoter shares held in the names of promoter shareholders of a licensed institution may, subject to prevailing Acts and laws and the following conditions, be purchased/sold between existing promoters or to another person or institution with prior approval of this Bank.
However, promoter shares held in the name of a promoter shareholder holding two (2) percent or less of the paid-up capital of a licensed institution may be purchased/sold between existing promoters or to another person or institution without obtaining approval of this Bank each time. A new promoter shall comply with the standards prescribed by this Bank and the Fit and Proper Test requirements. A promoter shareholder holding more than two percent shall not divide promoter shares into portions of two percent or less for the purpose of using this facility.
(a) Where a promoter shareholder has died, or where family partition has occurred in accordance with prevailing law, or where there is a court order, the shares may be transferred to the concerned successor in accordance with prevailing law.
(b) Except where rights have been transferred due to death or family partition under prevailing law, an existing promoter shareholder shall give priority to existing promoter shareholders when transferring promoter shares. Where existing promoter shareholders do not wish to purchase the shares, written information thereof shall be obtained and the shares may be sold to another group or external person/institution. Where it is not possible to obtain written consent from all promoters, the concerned bank/financial institution shall publish a public notice of at least 35 days in a national daily newspaper; only where no written expression of interest from existing promoter shareholders is received within that period may a further public notice be published, subject to prevailing law, for sale to another person/institution.
(c) A person/institution purchasing promoter-group shares shall be included in the same promoter group.
(d) A person/institution having any disqualification stated in Clause 2(e) shall not participate in purchase/sale of promoter shares.
(e) Where an organised institution purchases shares, it shall first be verified from the objects/activities of such institution whether share purchase/sale is permitted, and the shares shall be sold only after verifying financial statements showing operating profit for the previous two fiscal years. The directors of such organised institution shall also not be included in the blacklist of Credit Information Centre Limited.
(f) Since a person, firm, company, undivided family or organised institution may invest up to 15 percent in any one bank or financial institution licensed by this Bank and only up to 1 percent of the paid-up capital of other banks and financial institutions, the concerned bank or financial institution shall verify compliance with this condition before effecting purchase/sale of promoter shares.
(g) The Board of Directors of the concerned bank/financial institution shall itself verify whether the conditions in paragraphs (a), (b), (c), (d) and (e) have been fulfilled before changing promoter ownership in the cost/share register. Approval relating to purchase/sale of promoter shares may be granted by the Board of Directors of the concerned bank or financial institution.
(h) The price of promoter shares purchased/sold by shareholders and the taxes, duties and service charges payable to the concerned bodies shall be in accordance with prevailing law.
(i) Where promoter shares exceeding 2 percent of paid-up capital are held, such shares shall not be split into portions for sale to a person outside the promoter group, and approval of this Bank shall be obtained for sale/transfer or registration of promoter shares.
(j) Where promoter shares have been pledged with a bank or financial institution to obtain a loan and, despite taking adequate recovery measures, the loan cannot be recovered, such promoter shares may be foreclosed and, where a compulsory sale becomes necessary, the following procedure may be followed to identify a purchaser on the basis of the number and justification of shares: (1) select a purchaser through public notice and bidding (sealed bid), in a manner not contrary to prevailing law and the policies/directives of Nepal Rastra Bank, from existing promoter shareholders and other interested persons, firms, companies and organised institutions offering the highest bid or otherwise meeting applicable requirements; (2) inform the purchaser that, under prevailing law and directives, a purchaser of promoter shares falls within the promoter group. After identification of the purchaser, where the promoter shares are less than 2 percent of paid-up capital, the process under Clause 15 shall be followed for sale or registration; where the resulting ownership exceeds 2 percent, prior approval of this Bank shall be obtained before sale/transfer or registration.
(k) Where promoter shares pledged as security are associated with a person listed in the Credit Information Centre Limited blacklist, the proceeds from sale of such promoter shares shall mandatorily be used for repayment of the loan.
(l) A half-yearly statement including the new promoter shareholders resulting from purchase/sale under these provisions shall be submitted to this Bank within 15 days.
(m) Where promoter shares are purchased/sold without following the above process, action shall be taken as follows: (1) against the bank or financial institution, action including warning under Section 100 of the Nepal Rastra Bank Act, 2058; in the case of the seller promoter shareholder, the bank or financial institution whose promoter shares are involved may take action as permitted by law; (2) the purchaser/seller shall, for five years from the date of purchase/sale, not be eligible to invest in promoter shares of a newly established bank or financial institution or to remain as a promoter of any licensed institution.
(n) Where prevailing Acts, laws or policies/directives issued by this Bank are amended, the above provisions shall be deemed amended accordingly.
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा (४) को प्रयोजनको लागि देहायमा उल्लेखित शर्तहरुको अधीनमा रही ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको शेयर स्वामित्व रहेको बैंक तथा वित्तीय संस्थाका संस्थापक शेयरधनीहरुले चाहेमा संस्थापक समूहको शेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्न सक्नेछन् ।
(क) बैंक वा वित्तीय संस्थाले वित्तीय कारोबार सञ्चालन भएको दश वर्ष पूरा गरेको हुनु पर्नेछ ।
(ख) संस्थापक वा संस्थापक समूहको शेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहेको हुनु पर्नेछ ।
(ग) ५१ प्रतिशतभन्दा बढी भएको शेयर स्वामित्व धितोपत्र विनिमय बजार लिमिटेडमार्फत खरिद/बिक्री/परिणत गर्ने प्रयोजनको लागि संस्थापकहरुको शेयर लगानीको अनुपातमा समानुपातिक रुपमा (Pro-rata basis) वृद्धि हुने शेयर सर्वसाधारणमा परिणत गर्न सकिनेछ । तर कुनै संस्थापक/संस्थापक समूहमा रहेको शेयरधनीले माथि उल्लेख भए अनुसारको शेयरहरु अर्को समूहमा परिणत गर्न नचाहेको भनी स्वःघोषणा विवरण प्राप्त भएको अवस्थामा बाँकी रहेका सदस्यहरुले संस्थापक/संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशतभन्दा कम नहुने गरी त्यस्तो शेयर अनुपात उपयोग गर्न पाउने छन् । एकपटक सर्वसाधारण शेयरमा परिणत भइसकेको शेयर पुनः संस्थापक वा संस्थापक समूहको शेयरमा परिणत गर्न पाइने छैन ।
(घ) यस सम्बन्धमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको सिफारिससहित यस बैंकबाट स्वीकृति प्राप्त गर्नु पर्नेछ । यसरी स्वीकृति प्राप्त भएपछिको दुई आर्थिक वर्षसम्म यस बैंकबाट स्वीकृति लिन नपर्ने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरी सोही बमोजिम शेयर स्वामित्व संरचना एवम् सञ्चालक समितिमा पनि शेयर स्वामित्व अनुपात प्रतिनिधित्व हुने गरी मिलाउनु पर्नेछ । सोबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन नभएसम्म यसरी खरिद/बिक्री/परिणत हुने शेयरको अंश संस्थापक समूहमा नै रहेको मानिने छ ।
(ङ) संस्थापक समूहमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गरी बिक्री गर्ने व्यक्ति/संस्था कालोसूचीमा रहेको भएमा निजको शेयर बैंक तथा वित्तीय संस्थाको कर्जा चुक्ता गर्न लगाउन सकिने छ । कालोसूचीमा रहे/नरहेको व्यहोरा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै यकिन गर्नु पर्नेछ ।
(च) यस व्यवस्था अनुसार संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने कार्य पुँजीबजार, बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी एकपटकमा बढीमा १० प्रतिशत विन्दुसम्म गर्न सकिनेछ ।
(छ) बैंक तथा वित्तीय संस्थामा सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहेको अवस्थामा समेत शेयर सर्वसाधारणमा परिणत गर्न वा खरिद वा बिक्री गर्न बाधा पर्ने छैन । तर खरिद/बिक्री सम्बन्धी प्रक्रिया प्रचलित कानुनको अधीनमा रही गर्नु पर्नेछ ।
Controlled English translation
For the purpose of Section 11(4) of the Bank and Financial Institution Act, 2073, promoter shareholders of a bank or financial institution in which the promoter group owns more than 51 percent may, subject to the following conditions, convert the remaining promoter shares into public shares while maintaining promoter-group ownership of at least 51 percent:
(a) the bank or financial institution shall have completed ten years of financial operations;
(b) promoter/promoter-group ownership shall remain at least 51 percent;
(c) the portion of share ownership exceeding 51 percent may, for purchase/sale/conversion through the securities exchange, be converted into public shares on a pro-rata basis in proportion to promoters’ share investments. Where a shareholder in a promoter/promoter group submits a self-declaration that he/she does not wish to convert the shares specified above into another group, the remaining members may use that proportion so long as promoter/promoter-group ownership does not fall below 51 percent. Shares once converted into public shares shall not again be converted into promoter/promoter-group shares;
(d) approval of this Bank shall be obtained with the recommendation of the Board of Directors of the concerned bank or financial institution. After approval, the memorandum and articles shall be amended as necessary so that the shareholding structure and representation in the Board of Directors reflect the shareholding proportion. Until such amendments are made, the portion of shares purchased/sold/converted shall be deemed to remain within the promoter group;
(e) where the person/institution selling shares converted from promoter-group shares into public shares is blacklisted, the proceeds may be applied toward repayment of loans of the bank or financial institution; the concerned institution shall itself verify blacklist status;
(f) conversion of promoter-group ownership into public shares under this provision may be carried out by a maximum of 10 percentage points at a time, taking into account the impact on the capital market, banking sector and the overall financial sector; and
(g) a director, chief executive, auditor, company secretary or person directly involved in management/accounting of a bank or financial institution shall not be barred, solely by holding such office, from converting shares into public shares or purchasing/selling shares; however, the purchase/sale process shall be carried out subject to prevailing law.
बैंक तथा वित्तीय संस्थाले पुँजी वृद्धि एवम् पुँजी संरचना परिवर्तन गर्न चाहेमा देहायका शर्तको अधीनमा रही गर्न सक्ने:
(क) पुँजी वृद्धिपछि कुल पुँजीमा सर्वसाधारण शेयर स्वामित्वको अनुपात पुँजी वृद्धि अघि कायम रहेको सर्वसाधारण शेयर स्वामित्वको अनुपातभन्दा कमी नहुने गरी मात्र पुँजी वृद्धि गर्नु पर्नेछ ।
(ख) यस बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले तयार गरी पेश गरेको पुँजी योजना अनुसार तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्न Right Renounce गर्ने प्रयोजनबाहेक इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्दा संस्थापक समूहमा नयाँ शेयरधनी थप गर्न पाइने छैन ।
(ग) बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि एवम् पुँजी संरचनामा परिवर्तन गर्न यस बैंकको पूर्व सैद्धान्तिक सहमति लिई प्रचलित कानुन बमोजिम सम्बन्धित संस्थाको वार्षिक साधारण सभाबाट समेत प्रस्ताव पारित गराई यस बैंकमा अन्तिम स्वीकृति गराउनु पर्नेछ ।
(घ) यस कार्यका लागि यस अघि सैद्धान्तिक सहमति दिइसकेको अवस्थामा उक्त सैद्धान्तिक सहमतिमा उल्लिखित शर्तको अधीनमा रही कार्यान्वयन गर्न भने यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।
(ङ) यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०६९ को इ.प्रा. निर्देशन नं. १०/०६९ को बुँदा नं. १६ (बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धि सम्बन्धी) तथा मिति २०६५/४/२८ को परिपत्रमा भएको व्यवस्था बमोजिम संस्थापक शेयरको अनुपात थप गर्न स्वीकृति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाले यस निर्देशनको बुँदा नं. १५ अनुसारको संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिने पाउने छैनन् । साथै, सो अभिलेखलाई लगानी शेयर परिकल्पना तालिका तयार गरी सोको अभिलेखीकरण गरी प्रत्येक आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा उक्त विषय खुलाउनु पर्नेछ ।
(च) इजाजतपत्रप्राप्त संस्थाको शेयर धारण गर्ने फर्म/कम्पनी/संस्थाको अन्तिम हिताधिकारी प्राकृतिक व्यक्ति पहिचान हुने विवरण सम्बन्धित मुलुकको आधिकारिक निकायबाट प्रमाणित गराई प्रत्येक आर्थिक वर्ष माघ मसान्तको १० दिनभित्र बैंक तथा वित्तीय संस्थाले यस बैंक समक्ष पेश गर्नु पर्नेछ । तर, यसरी शेयर धारण गर्ने संस्था विदेशी इजाजतपत्र प्राप्त बैंक वा वित्तीय संस्था भएमा सोही संस्थाको विवरण अभिलेखीकरण गर्नु पर्नेछ ।
(छ) उपर्युक्त क, ख, ग, घ र च मा उल्लिखित व्यवस्थाहरु नेपाल सरकारको अधिकांश स्वामित्व भएको संस्थाको हकमा लागू हुने छैनन् ।
Controlled English translation
A bank or financial institution may increase capital or change its capital structure subject to the following conditions:
(a) after the capital increase, the proportion of public share ownership in total capital shall not be less than the proportion of public share ownership existing before the capital increase;
(b) except for the purpose of Right Renounce to maintain the minimum paid-up capital prescribed under the capital plan prepared and submitted in accordance with this Bank’s directives, no new shareholder may be added to the promoter group when increasing the capital of a licensed bank or financial institution;
(c) prior in-principle approval of this Bank shall be obtained for capital increase or change in capital structure; the proposal shall also be approved by the annual general meeting of the institution in accordance with prevailing law and submitted to this Bank for final approval;
(d) where in-principle approval has already been granted for this purpose, implementation subject to the conditions of such approval shall not be obstructed by this provision;
(e) banks and financial institutions that obtained approval to increase the proportion of promoter shares under the applicable provisions of Unified Directive 2069 and the circular dated 2065/4/28 shall not be permitted to convert promoter shares into public shares under Clause 15 of this Directive. The relevant record shall be maintained and the matter disclosed in each fiscal year’s annual report;
(f) particulars identifying the ultimate beneficial natural person of any firm/company/institution holding shares of a licensed institution shall be certified by the official authority of the concerned country and submitted by the bank or financial institution to this Bank within 10 days after the end of Magh of each fiscal year. Where the shareholder institution is a foreign licensed bank or financial institution, the particulars of that institution shall be recorded; and
(g) paragraphs (a), (b), (c), (d) and (f) shall not apply to an institution in which the Government of Nepal has majority ownership.
(१) हकप्रद शेयर बिक्री सम्बन्धमा
(क) तोकिएको पुँजीकोष अनुपात कायम गरेका बैंक तथा वित्तीय संस्थाहरुको हकमा हकप्रद शेयर जारी गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९(१) बमोजिम सर्वसाधारणलाई बिक्री वितरण गरिएको शेयर धारण गर्ने कुनै शेयरधनीले खरिद नगरेमा वा शेयर खरिद गर्ने हक अरुलाई बिक्री वा हस्तान्तरण गरेमा यसरी बिक्री हुन नसकेको हकप्रद शेयरको अंश खण्ड (ग) मा उल्लिखित अवस्थामा बाहेक अन्य अवस्थामा स्वतः खारेज गर्नु पर्नेछ ।
(ख) खण्ड (क) बमोजिम खरिद गर्नु पर्ने अवस्था भएमा प्रत्येक वर्ष समानुपातिक रुपमा चुक्ता पुँजी वृद्धि गर्दै लैजानु पर्ने यस बैंकको प्रावधान पालना गर्नु पर्ने प्रयोजनका लागि त्यस्तो खरिद गर्नु पर्ने शेयरको रकमलाई हरेक समूहलाई आगामी वर्षमा समायोजन गर्न सकिनेछ ।
(ग) खण्ड (क) बमोजिम स्वतः खारेज गर्नुपर्ने कारणबाट प्रचलित कानुनी तथा नीतिगत व्यवस्था बमोजिम शेयर स्वामित्व संरचनामा प्रतिकूल असर पर्ने अवस्था भएमा मात्र त्यस्तो शेयर सर्वसाधारणमा सार्वजनिक बोलकबोलको आधार (Public Auction Basis) मा न्यूनतम प्रति शेयर मूल्य रु. १०० तोकी बिक्री गर्न सकिने छ । यसरी सार्वजनिक बोलकबोलको माध्यमबाट बिक्री गर्दा प्रति शेयर रु. १०० भन्दा बढी प्राप्त हुन आउने रकम (Premium) लाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले छुट्टै Share Premium शीर्षक अन्तर्गत देखाउनु पर्नेछ ।
(घ) संस्थापक/संस्थापक समूह अन्तर्गतको बिक्री हुन नसकेको यस्तो हकप्रद शेयरको अंश प्रचलित व्यवस्था अनुसार विद्यमान संस्थापकहरुलाई बिक्री गर्न सकिने छ । विद्यमान संस्थापकहरुलाई बिक्री हुन नसकेमा प्रचलित कानुन बमोजिम बैंक वा वित्तीय संस्थाको संस्थापक शेयर अन्य व्यक्तिलाई बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थामा शेयर संख्या र औचित्यका आधारमा त्यस्ता बिक्री गर्नु पर्ने उक्त संस्थापक शेयर बिक्री गर्नका लागि खरिदकर्ताको पहिचान गर्ने सम्बन्धमा सार्वजनिक सूचना तथा बोलकबोल लगायतको प्रक्रिया अवलम्बन गर्न सकिनेछ ।
(ङ) इजाजतपत्रप्राप्त बैंक/वित्तीय संस्थाले हकप्रद शेयर निष्काशन गर्दा साविकका संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने हकप्रद शेयरको समग्रमा नै आंशिक हक हस्तान्तरण गर्न चाहेमा प्रचलित कानुन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था गरी चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम शेयर लिएका संस्थापक शेयरधनीको हकमा सम्बन्धित बैंक/वित्तीय संस्थाले नै संस्थापक शेयरधनीको लागि तोकिएको योग्यता (Fit and Proper Test) पूरा गरेका व्यक्तिलाई हक हस्तान्तरण गरी दिन सक्नेछ ।
(च) खण्ड (क) देखि (ङ) सम्म जुनसुकै कुरा लेखिएको भएता पनि बैंक वा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कानुनी सल्लाहकार, कम्पनी सचिव वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहेको बखत वा त्यस्तो पद छाडेको कम्तीमा एक वर्षसम्म सम्बन्धित बैंक वा वित्तीय संस्थामा लागेको हकप्रद शेयर उल्लेखित व्यक्तिहरुबीच एकआपसमा हक हस्तान्तरण गर्न वा हक हस्तान्तरण स्वीकार गर्न हुँदैन ।
(२) हकप्रद शेयरमा पूर्व लगानी गर्ने सम्बन्धमा
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले पुँजी पर्याप्तता कायम गर्ने प्रयोजनका लागि संस्थापकहरुले हकप्रद शेयर (Right Share) मा पूर्वलगानी गर्न चाहेमा निम्न शर्तहरुको अधीनमा रही गर्न सक्ने छन् । तर नेपाल सरकारको अधिकांश स्वामित्व भएको संस्थामा नेपाल सरकारको पुँजी थप गर्ने व्यवस्थालाई बाधा पु¥याएको मानिने छैन ।
(क) पुँजी वृद्धि सम्बन्धी प्रस्ताव सम्बन्धित बैंक तथा वित्तीय संस्थाको साधारणसभाबाट निर्णय भइसकेको हुनु पर्ने ।
(ख) यस बैंकको निर्देशन अनुसार पुँजीकोष अनुपात पु¥याउने प्रयोजनको लागि संस्थापक शेयरधनीहरुबाट अग्रिम रुपमा संकलन गरिएको रकमलाई बैंक/वित्तीय संस्थाले त्यसपछिको हकप्रद शेयर (Right Share) जारी गर्दाको अवस्थामा अनिवार्य रुपमा समायोजन गर्नु पर्नेछ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाका शेयरधनी (संस्थापक/सर्वसाधारण समूह) हरुले यस बैंकको निर्देशन बमोजिमको आफ्नो पुँजी योजना अनुसार समानुपातिक रुपमा पुँजी पु¥याउनु पर्ने सम्बन्धित आर्थिक वर्ष भित्रमा नै हकप्रद शेयरबापत रकम जम्मा गरिसकेको तर शेयर बाँडफाँड नभएको कारण सम्बन्धित आर्थिक वर्षमा चुक्ता पुँजी शीर्षकमा समायोजन हुन नसकेको अवस्थामा त्यस्तो रकमलाई समेत शेयरबापत अग्रिम रुपमा संकलन गरेको रकमलाई Calls in Advance शीर्षकमा देखाउन सकिने छ । यसरी अग्रिम रुपमा संकलित पुँजी रकमलाई यस बैंकको निर्देशन अनुसार समानुपातिक रुपमा वृद्धि गर्दै जानु पर्ने चुक्ता पुँजीमा गणना गर्ने प्रयोजनका लागि समेत समावेश गर्न सकिने छ ।
(ग) यसरी अग्रिम रुपमा शेयरमा लगानी गर्दा सम्बन्धित संस्थापक शेयरधनीले आफ्नो अंश (Share) सम्म मात्र लगानी गर्न सक्नेछ ।
(घ) यस्तो Calls in Advance को सट्टामा कुनै प्रकारको सुविधा, ऋण दिन वा धितो राख्न नपाइने ।
(ङ) यस्तो Calls in Advance मा कुनै प्रकारको ब्याज लिन/दिन नपाइने र शेयर पुँजीगत गरिने त्यस्तो अग्रिम शेयर लगानी रकमलाई कुनै पनि अवस्थामा फिर्ता भुक्तान गर्न, झिक्न वा घटाउन (Divestment) नपाइने । साथै, त्यस्तो रकम चुक्ता पुँजीमा लेखांकन नभएसम्म त्यस्ता लगानीबाट हित नपाइने ।
(च) हकप्रद शेयरमा गरिने पूर्व लगानी रकमलाई त्यसपछिको हकप्रद शेयर निष्काशन (Right Share Issue) सँग आबद्ध (Tie-up) गर्नु पर्ने ।
(छ) यसरी अग्रिम रुपमा संकलित पुँजी रकमलाई Calls in Advance शीर्षकमा देखाउनु पर्ने र यसमा जम्मा भएको रकमले शाखा खोल्ने प्रयोजनार्थ आवश्यक पर्ने अतिरिक्त पुँजीको प्रयोजनको लागि समेत चुक्ता पुँजी सरह नै मान्यता प्रदान गरिने ।
(ज) हकप्रद शेयरमा पूर्व लगानी भए पनि हकप्रद शेयर निष्काशन गर्दा पूरा गर्नु पर्ने सम्पूर्ण प्रक्रिया र विद्यमान व्यवस्था पालना गरेको हुनु पर्ने ।
Controlled English translation
(1) Sale of Rights Shares
(a) In the case of banks and financial institutions maintaining the prescribed capital-fund ratio, when rights shares are issued, where a shareholder holding shares distributed to the public pursuant to Section 9(1) of the Bank and Financial Institution Act, 2073 does not purchase the rights shares or sells/transfers the right to purchase them to another person, the unsold portion of such rights shares shall, except in the circumstances stated in paragraph (c), automatically lapse.
(b) Where purchase is required pursuant to paragraph (a), for the purpose of complying with this Bank’s provision requiring paid-up capital to be increased proportionately each year, the amount of shares required to be purchased may be adjusted for the relevant group in the following year.
(c) Where automatic lapse under paragraph (a) would adversely affect the shareholding structure required under prevailing legal and policy arrangements, such shares may be sold to the public through Public Auction Basis at a minimum price of NPR 100 per share. Any amount received above NPR 100 per share shall be shown separately by the concerned bank or financial institution under the Share Premium heading.
(d) The unsold portion of rights shares falling within the promoter/promoter-group may be sold to existing promoters in accordance with prevailing arrangements. Where it cannot be sold to existing promoters, and a compulsory sale to another person becomes necessary under prevailing law, a process including public notice and bidding may be followed to identify a purchaser on the basis of the number and justification of shares.
(e) When a licensed bank/financial institution issues rights shares and existing promoter shareholders wish to make a partial assignment of their aggregate rights entitlement, provision may be made in the memorandum and articles in accordance with prevailing law and, in the case of a promoter shareholder holding two percent or less of paid-up capital, the concerned bank/financial institution may transfer the right to a person satisfying the Fit and Proper Test prescribed for promoter shareholders.
(f) Notwithstanding paragraphs (a) to (e), a director, chief executive, auditor, legal adviser, company secretary or person directly involved in management/accounting of a bank or financial institution shall not, while holding such office or for at least one year after leaving such office, transfer or accept transfer among such persons of rights shares arising in the concerned bank or financial institution.
(2) Advance Investment in Rights Shares
Where promoters of a licensed bank or financial institution wish to make advance investment in Right Shares for maintaining capital adequacy, they may do so subject to the following conditions. Nothing herein shall be deemed to prevent capital contribution by the Government of Nepal to an institution in which it has majority ownership.
(a) the proposal for capital increase shall have been decided by the general meeting of the concerned bank or financial institution;
(b) funds collected in advance from promoter shareholders for the purpose of meeting the capital-fund ratio in accordance with this Bank’s directives shall mandatorily be adjusted when the bank/financial institution subsequently issues Right Shares. Where shareholders have deposited, within the relevant fiscal year, amounts for rights shares in proportion to the capital plan but the amount cannot be adjusted to paid-up capital in that fiscal year because shares have not been allotted, the amount may be shown under Calls in Advance and may be included for the purpose of calculating paid-up capital required to be increased proportionately under this Bank’s directives;
(c) a promoter shareholder making such advance investment shall invest only up to his/her own Share entitlement;
(d) no facility or loan shall be granted, nor security taken, against such Calls in Advance;
(e) no interest shall be paid or received on such Calls in Advance, and the advance share-investment amount intended to be capitalised into share capital shall not, under any circumstances, be refunded, withdrawn or reduced (Divestment); no benefit shall accrue from such investment until the amount is accounted for as paid-up capital;
(f) advance investment in rights shares shall be tied up with the subsequent Right Share Issue;
(g) the amount collected in advance shall be shown under Calls in Advance and, for the purpose of additional capital required for opening branches, shall also be recognised in the same manner as paid-up capital; and
(h) even where advance investment has been made, all procedures and prevailing arrangements required for issue of rights shares shall be complied with at the time of the rights issue.
(१) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५ को उपदफा (१) मा भएको व्यवस्था बमोजिम कुनै विदेशी बैंक वा वित्तीय संस्थाले मात्र इजाजतपत्रप्राप्त संस्थामा लगानी गर्न सक्ने छन् ।
(२) कुनै विदेशी बैंक वा वित्तीय संस्थाको लगानी रहेको कारणबाट इजाजतपत्रप्राप्त संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणलाई बिक्री वितरण गर्नुपर्ने लगानी आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर छुट्याउनु पर्ने व्यवस्थामा छुट पाई कुनै कारणवश विदेशी लगानी फिर्ता लगी नेपाली व्यक्ति वा संस्थालाई बिक्री गरेको अवस्थामा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले एक वर्षभित्र सर्वसाधारण शेयरको हिस्सा कम्तीमा ३० प्रतिशत पु¥याउनु पर्नेछ ।
(३) इजाजतपत्रप्राप्त संस्थाको वैदेशिक स्वामित्वमा रहेको शेयर खरिद र बिक्री गर्न यस बैंकको स्वीकृति लिनु पर्नेछ ।
Controlled English translation
(1) Pursuant to Section 5(1) of the Bank and Financial Institution Act, 2073, only a foreign bank or financial institution may make foreign investment in a licensed institution.
(2) Where, due to investment by a foreign bank or financial institution, a licensed institution has obtained exemption from the requirement under Section 9 of the Bank and Financial Institution Act, 2073 to set aside at least 30 percent of its total issued capital for sale/distribution to the public, and the foreign investment is subsequently withdrawn and sold to a Nepali person or institution, the concerned licensed institution shall bring the public-share portion to at least 30 percent within one year.
(3) Approval of this Bank shall be obtained for purchase and sale of shares in a licensed institution that are under foreign ownership.
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरधनीहरुलाई एउटै संस्थापक समूहमा राख्नु पर्नेछ । यो निर्देशन जारी हुँदा कुनै बैंक तथा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा सो अनुसारको व्यवस्था नभएको भए आगामी साधारण सभाले सो सम्बन्धी प्रस्ताव पारित गरी संशोधन गर्नु पर्नेछ । तर, वैदेशिक लगानी र संस्थागत लगानी रहेका बैंक तथा वित्तीय संस्थाले प्रबन्धपत्र तथा नियमावलीमा समानुपातिक प्रतिनिधित्व कायम हुने गरी सञ्चालक संख्या तोक्ने व्यवस्था गर्न बाधा पुगेको मानिने छैन ।
Controlled English translation
Promoter shareholders of a licensed bank or financial institution shall be maintained in a single promoter group. Where, at the date of issuance of this Directive, the memorandum and articles of a bank or financial institution do not contain such provision, the next general meeting shall pass the relevant proposal and amend them. However, nothing herein shall be deemed to prevent a bank or financial institution with foreign or institutional investment from providing in its memorandum and articles for the number of directors so as to maintain proportional representation.
(१) यस बैंकबाट यसअघि जारी गरिएका देहायका निर्देशनहरु खारेज गरिएको छ :- एकीकृत निर्देशन, २०८१ को संस्थापक शेयर नामसारी वा खरिद/बिक्री वा हक हस्तान्तरण सम्बन्धी व्यवस्था इ.प्रा.निर्देशन नं. १०/०८१ बाट जारी गरिएको निर्देशन तथा सोपश्चात् मिति २०८२ माघ २ सम्म जारी भएका यस विषयसँग सम्बन्धित सम्पूर्ण परिपत्रहरु ।
(२) उपबुँदा (१) बमोजिम खारेज गरिएका निर्देशन तथा परिपत्र बमोजिम भए गरेका काम कारवाही यसै निर्देशन बमोजिम भए गरेको मानिनेछ ।
Controlled English translation
(1) The following directives previously issued by this Bank are hereby repealed: the directive issued as Directive No. 10/081 under the provisions relating to transfer, purchase/sale or assignment of rights in promoter shares in the Unified Directives, 2081, and all circulars relating to this subject issued thereafter up to Magh 2, 2082.
(2) Any acts or actions done or taken pursuant to the directives and circulars repealed under sub-clause (1) shall be deemed to have been done or taken pursuant to this Directive.
Original Nepali text is authoritative. English is a controlled facilitative translation and is not an official Nepal Rastra Bank translation.
In case of inconsistency, ambiguity or difference, the official Nepali Directive and applicable Nepal Rastra Bank circulars prevail.
C.M. & Associates is not affiliated with, approved by or endorsed by Nepal Rastra Bank. This material is provided for information and reference only and does not constitute legal, regulatory, tax or professional advice.
Technical controls cannot guarantee prevention of screenshots or copying.