Directive 18स्तरोन्नति हुने, कार्यक्षेत्र विस्तार वा संकुचन तथा गाभ्ने/गाभिने सम्बन्धी व्यवस्थाProvisions Relating to Upgrading, Expansion or Contraction of Area of Operation, and Merger/Acquisition
Original/reproduced Nepali source controls; English is a controlled facilitative translation.
Applicability Class A licensed institutions; Class B licensed institutions; Class C licensed institutions
Classification PASS
Updated-through statement No later directive-specific amendment event is asserted beyond the supplied reviewed source set.
Rendering basis Render web-normalized sections and canonical supplemental objects exactly. Canonical reviewed JSON is authoritative for web/PDF. Do not OCR or rewrite legal text.
नेपाली मूल पाठ
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम तल्लो वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था माथिल्लो वर्गमा परिणत हुनको लागि वा दुई वा दुईभन्दा बढी इजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभ्न/गाभिन वा यसरी गाभिइ सकेपछि स्तरोन्नति हुन तथा हालको वर्गमा नै रही कार्यक्षेत्र विस्तार गर्न यस बैंकमा निवेदन दिने “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुको हकमा निम्नानुसारको व्यवस्था कायम गरिएको हुनाले सो सम्बन्धी कार्य गर्नु/गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ ।
Controlled English translation
Under the Bank and Financial Institution Act, 2073, the following provisions are prescribed for Class “A”, “B” and “C” licensed institutions applying to this Bank to upgrade from a lower class to a higher class, for two or more licensed institutions to merge with one another, for an institution to upgrade after merger, or to expand its area of operation while remaining in the existing class. This Directive is issued in exercise of the authority conferred by Section 79 of the Nepal Rastra Bank Act, 2058.
यस निर्देशन बमोजिम “स्तरोन्नति” भन्नाले बुँदा नं. (२) बमोजिमको मापदण्ड पूरा गरेका यस बैंकबाट इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएका “ग” वा “ख” वर्गका वित्तीय संस्था क्रमशः “ख” वा “क” वर्गको संस्थामा परिणत हुनसक्ने अवस्था सम्झनु पर्दछ ।
Controlled English translation
For the purpose of this Directive, “upgrading” means the conversion of a nationally operating Class “C” or Class “B” licensed financial institution that meets the criteria in Clause (2) into a Class “B” or Class “A” institution respectively.
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ३८ बमोजिम यस बैंकबाट “ख” वा “ग” वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था स्तरोन्नति हुनको लागि देहायका पूर्वयोग्यता/मापदण्डहरु पूरा भएको वा गरेको हुनु पर्नेछ:-
(क) संस्थाले सम्बन्धित वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र पाएको अवधि ५ वर्ष पूरा गरेको ।
(ख) संस्था पछिल्लो पाँच आर्थिक वर्षमा लगातार रुपमा नाफामा रहेको ।
(ग) संस्था सञ्चित नोक्सानीमा नरहेको ।
(घ) विगत पाँच वर्षको औसत कुल निष्क्रिय कर्जा (Non-performing loan) अनुपात ५ प्रतिशतभन्दा तल रहेको ।
(ङ) माथिल्लो वर्गको इजाजतपत्रप्राप्त संस्थाका लागि यस बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा भएको ।
(च) संस्थाले यस बैंकद्वारा जारी पुँजी पर्याप्तता, प्रति ग्राहक कर्जा सीमा, कर्जा निक्षेप अनुपात, कर्जा नोक्सानी व्यवस्था र वित्तीय स्रोत परिचालन सम्बन्धी निर्देशनहरु पूर्ण रुपमा पालना गरेको तथा विगत पाँच वर्षदेखि लगातार न्यूनतम पुँजी पर्याप्तता अनुपात कायम गरेको ।
(छ) संस्था वा सञ्चालक समिति/पदाधिकारीलाई यस बैंकबाट सुशासन लगायत उल्लिखित निर्देशनहरु पालना नगरेको विषयमा कारवाही भएको भए सो कारवाही फुकुवा भएको अवधि ३ वर्ष पूरा भएको ।
(ज) शीघ्र सुधारात्मक कारवाही भएको भए, सो कारवाही फुकुवा भएको ३ वर्ष पूरा भएको ।
(झ) संस्थाले अघिल्लो आर्थिक वर्षसम्मको लेखापरीक्षण सम्पन्न गरेको र सो लेखापरीक्षण प्रतिवेदनमा लेखापरीक्षकले कैफियत रहितको राय व्यक्त गरेको ।
(ञ) राष्ट्रियस्तरको कार्यक्षेत्र भएको “ख” वर्गबाट “क” वर्गमा स्तरोन्नति हुन चाहने संस्थाको अघिल्लो आर्थिक वर्षमा व्यवसायको आकार (निक्षेप तथा कर्जाको कुल योग) न्यूनतम चुक्ता पुँजीको १५ गुणा (हालको वर्गको) र ग्राहक संख्या २५ हजार (निक्षेपकर्ता र ऋणी) भएको ।
(ट) राष्ट्रियस्तरको कार्यक्षेत्र भएको “ग” वर्गबाट “ख” वर्गमा स्तरोन्नति हुन चाहने संस्थाको अघिल्लो आर्थिक वर्षमा व्यवसायको आकार न्यूनतम चुक्ता पुँजीको १५ गुणा (हालको वर्गको) र ग्राहक संख्या १० हजार (निक्षेपकर्ता र ऋणी) भएको ।
Controlled English translation
A Class “B” or “C” licensed financial institution seeking upgrading under Section 38 of the Bank and Financial Institution Act, 2073 shall meet the following eligibility criteria:
(a) at least five years have elapsed since it was licensed to conduct business in the relevant class;
(b) it has remained continuously profitable for the preceding five fiscal years;
(c) it has no accumulated loss;
(d) its average total Non-performing Loan ratio for the preceding five years is below 5 percent;
(e) it has met the minimum paid-up capital prescribed by this Bank for the higher class;
(f) it has fully complied with this Bank’s directives on capital adequacy, single-obligor limits, credit-deposit ratio, loan-loss provisioning and resource mobilisation and has continuously maintained the minimum capital adequacy ratio for the preceding five years;
(g) where the institution or its Board/office holders had been subject to action by this Bank for governance or similar non-compliance, three years have elapsed since the action was lifted;
(h) where it was subject to Prompt Corrective Action, three years have elapsed since release from such action;
(i) audit up to the previous fiscal year has been completed and the auditor expressed an unqualified opinion;
(j) a nationally operating Class “B” institution seeking Class “A” status had, in the immediately preceding fiscal year, business size (aggregate deposits and loans) of at least fifteen times the minimum paid-up capital of its current class and at least 25,000 customers (depositors and borrowers);
(k) a nationally operating Class “C” institution seeking Class “B” status had business size of at least fifteen times the minimum paid-up capital of its current class and at least 10,000 customers.
बुँदा नं. २ बमोजिमका मापदण्डहरु पूरा गरेको संस्थाले स्तरोन्नति हुन सैद्धान्तिक सहमतिका लागि देहायका कागजात तथा विवरणसहित यस बैंक समक्ष निवेदन दिन सक्नेछ:-
(क) अनुसूची १८.१ बमोजिमको ढाँचामा निवेदन ।
(ख) यस बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुगेको व्यहोरा यस बैंकको सूचीकृत लेखापरीक्षकबाट प्रमाणित भएको विवरण ।
(ग) स्तरोन्नति हुने सम्बन्धमा सम्बन्धित संस्थाको वार्षिक साधारण सभाले गरेको निर्णयको प्रतिलिपि ।
(घ) संस्थाको कम्तीमा आगामी ५ वर्षको व्यावसायिक योजना तथा प्रक्षेपण (Business Plan and Projection) ।
(ङ) अनुसूची १८.२ र अनुसूची १८.३ बमोजिमको ढाँचामा दुई प्रतिशत वा सो भन्दा बढी शेयर धारण गरेका संस्थापकहरुको व्यक्तिगत तथा संस्थागत विवरण ।
(च) संस्थापकहरुले सम्बन्धित संस्थाबाट कर्जा नलिएको स्वःघोषणा पत्र ।
(छ) संस्थापकहरुले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिई भाखा ननाघेको वा कर्जा सूचना केन्द्र लि. को कालोसूचीमा समावेश नभएको व्यहोरा उल्लेख भएको स्वःघोषणा पत्र ।
(ज) वर्तमान शेयर पुँजी संरचना र स्वामित्व (संस्थापक समूह र सर्वसाधारण समूह) सम्बन्धी विवरण ।
(झ) संस्थापकहरुले कुनै एक बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशत भन्दा बढी लगानी नगरेको स्वःघोषणा ।
(ञ) यस बैंक समक्ष निवेदन दिँदाका बखत संस्थाको कुल कर्जाको ५ प्रतिशत भन्दा कम निष्क्रिय कर्जा रहेको पुष्ट्याई हुने कागजात ।
(ट) संस्था संस्थापना गर्दा खर्च भएको पूर्व सञ्चालन खर्च पूर्ण रुपमा अपलेखन भएको प्रमाणित हुने कागजात ।
(ठ) संस्था पछिल्लो ५ वर्षदेखि लगातार मुनाफामा सञ्चालन भइरहेको प्रमाणित हुने लेखापरीक्षण भएको विगत ५ वर्षको वित्तीय विवरण ।
(ड) संस्थाले New Capital Adequacy Framework पूर्ण रुपमा लागू गर्नसक्ने योजना तथा सञ्चालक समितिको प्रतिबद्धता ।
(ढ) शेयर खरिद बिक्री कारोबार रोका भएको व्यहोरा धितोपत्र विनिमय बजारको पत्र ।
(ण) पुँजी पर्याप्तता, प्रति ग्राहक कर्जा सीमा, कर्जा निक्षेप अनुपात, कर्जा नोक्सानी व्यवस्था र वित्तीय स्रोत परिचालन सम्बन्धी निर्देशनहरु पूर्ण रुपमा पालना गरेको स्वःघोषणा तथा सो पुष्ट्याई हुने कागजात ।
(त) विगत ३ वर्षमा शीघ्र सुधारात्मक कारवाही नभएको स्वःघोषणा ।
(थ) लेखापरीक्षण भएको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणको आधारमा व्यवसायको आकार र ग्राहक संख्या यस निर्देशन बमोजिम रहेको पुष्ट्याई हुने कागजात ।
Controlled English translation
An institution meeting the criteria in Clause 2 may apply to this Bank for in-principle consent to upgrade, with the following documents and particulars:
(a) application in the format of Schedule 18.1;
(b) certification by an auditor listed by this Bank that the minimum paid-up capital prescribed by this Bank has been met;
(c) copy of the annual general meeting resolution approving upgrading;
(d) Business Plan and Projection for at least the next five years;
(e) personal and institutional details of promoters holding two percent or more of shares, in the formats of Schedules 18.2 and 18.3;
(f) declaration by promoters that they have not taken credit from the concerned institution;
(g) declaration that credit taken by promoters from other banks and financial institutions is not overdue and that they are not blacklisted by the Credit Information Centre;
(h) current share-capital structure and ownership details for promoter and public groups;
(i) declaration that promoters do not hold more than 15 percent of paid-up capital in any one bank or financial institution and more than 1 percent in other banks and financial institutions, as applicable;
(j) evidence that non-performing loans are below 5 percent of total loans at the date of application;
(k) evidence that all pre-operating expenses incurred at establishment have been fully written off;
(l) audited financial statements for the previous five years evidencing continuous profitability;
(m) plan and Board commitment to fully implement the New Capital Adequacy Framework;
(n) letter from the securities exchange confirming suspension of share trading;
(o) declaration and evidence of full compliance with capital adequacy, single-obligor, credit-deposit, loan-loss provisioning and resource-mobilisation directives;
(p) declaration that no Prompt Corrective Action occurred during the preceding three years;
(q) evidence from the audited financial statements of the immediately preceding fiscal year that business size and customer numbers meet this Directive.
बुँदा नं. (३) अनुसार स्तरोन्नतिको लागि पेश हुन आएको निवेदनमाथि यस बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ३८, यस निर्देशनको बुँदा नं. २ बमोजिमको पूर्वयोग्यता तथा पेश हुन आएका कागजात तथा विवरणहरुको मूल्याङ्कन गरी माथिल्लो वर्गको वित्तीय कारोबार गर्न अनुमति प्रदान गर्ने प्रक्रियागत व्यवस्था अवलम्बन गर्नेछ । यसरी प्राप्त कागजात उपलब्ध गराउँदा देहायका शर्तहरु कायम गरी सैद्धान्तिक सहमति प्रदान गर्न सकिनेछ:-
(क) माथिल्लो वर्गको वित्तीय कारोबार सञ्चालनको लागि जारी पुँजीको ०.०२ प्रतिशतले हुने रकम यस बैंकको ना.औ.रा. हिसाबमा जम्मा गरेको सक्कल भौचर सहित अनुसूची १८.४ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने ।
(ख) माथिल्लो वर्गको संस्थाले गर्ने कार्य समावेश गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणित संशोधित प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि पेश गर्नु पर्ने ।
(ग) संशोधित कर्जा नीति, आर्थिक प्रशासन विनियमावली, कर्मचारी प्रशासन विनियमावली र कर्जा अपलेखन विनियमावली पेश गर्नु पर्ने ।
(घ) माथिल्लो वर्गको संस्थाको संगठनात्मक संरचना र पदाधिकारीहरुको विवरण पेश गर्नु पर्ने ।
(ङ) सूचना प्रविधि तथा सफ्टवेयर सम्बन्धी विवरण पेश गर्नु पर्ने ।
(२) सम्बन्धित सुपरिवेक्षण विभागसँग समन्वय गरी तयार गरिएको विशेष निरीक्षण प्रतिवेदन समेतलाई आधार मानी स्तरोन्नतिका लागि गठित सिफारिस समितिमा आवश्यक छलफल गरी सो समितिको सिफारिसमा मात्र स्वीकृति प्रदान गरिने छ ।
(३) सैद्धान्तिक सहमति प्रदान भएको मितिले ६ महिनाभित्र माथिल्लो वर्गको वित्तीय कारोबार सञ्चालन गर्न आवेदन गरिसक्नु पर्नेछ । तोकिएको समयभित्र आवेदन नगरेमा यस बैंकले प्रदान गरेको सैद्धान्तिक सहमति रद्द गर्न सक्नेछ ।
Controlled English translation
The application submitted under Clause 3 shall be evaluated under Section 38 of the Bank and Financial Institution Act, 2073, the eligibility criteria in Clause 2 and the supporting documents, and this Bank shall follow the process for granting permission to conduct higher-class financial business. In-principle consent may be granted subject to conditions including:
(a) payment of an application amount equal to 0.02 percent of issued capital into the prescribed Nepal Rastra Bank account and application in the format of Schedule 18.4;
(b) submission of amended memorandum and articles, certified by the Office of the Company Registrar, incorporating the activities of the higher class;
(c) submission of amended credit policy, financial-administration regulations, employee-administration regulations and loan-write-off regulations;
(d) submission of the organisational structure and particulars of office holders for the higher-class institution;
(e) submission of information-technology and software details.
(2) A special inspection report prepared in coordination with the concerned Supervision Department shall be considered by the upgrading recommendation committee, and approval shall be granted only on that committee’s recommendation.
(3) The institution shall apply to commence higher-class financial operations within six months from the date of in-principle consent; failure to apply within that period may result in cancellation of the in-principle consent.
यस निर्देशनमा अन्य जुनसुकै कुरा उल्लेख गरिएको भए तापनि यस बैंकले देहायका कुनै अवस्थामा स्तरोन्नति हुन चाहने संस्थालाई स्तरोन्नतिको लागि सैद्धान्तिक सहमति दिन इन्कार गर्न सक्नेछ:-
(क) बैंक वा वित्तीय क्षेत्रको विद्यमान अवस्था र सम्भाव्यताको आधारमा माथिल्लो वर्गको वित्तीय कारोबार सञ्चालन गर्न थप बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र दिन उपयुक्त नदेखिएमा ।
(ख) खण्ड (क) को अवस्था हेरी निक्षेपकर्ताको हित संरक्षणको निमित्त माथिल्लो वर्गको वित्तीय कारोबार सञ्चालन गर्न इजाजतपत्र दिन उचित नदेखिएमा ।
(ग) इजाजतपत्रप्राप्त संस्थालाई माथिल्लो वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र दिँदा वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना हुने वा कुनै इजाजतपत्रप्राप्त संस्थाको एकाधिकार वा नियन्त्रण कायम हुनसक्ने सम्भावना देखिएमा ।
(घ) यस निर्देशनमा तोकिएका शर्त तथा मापदण्डहरु पूरा भएको नदेखिएमा ।
(२) उपदफा (१) बमोजिम कुनै संस्थालाई सैद्धान्तिक सहमति दिन नसकिने अवस्था भएमा यस बैंकले सोको कारण खुलाई निवेदन परेको मितिले १२० दिनभित्र सम्बन्धित संस्थालाई सूचना दिनेछ । सो अवधिभित्र थप विवरण माग गरेको भए थप विवरण प्राप्त भएको मितिले ९० दिनभित्र त्यस्तो सूचना दिनुपर्नेछ ।
Controlled English translation
Notwithstanding anything else in this Directive, this Bank may refuse in-principle consent for upgrading where: further licensing of higher-class business is not appropriate in view of conditions and prospects in the banking/financial sector; refusal is necessary to protect depositors; upgrading could create unhealthy competition, monopoly or control; or the prescribed conditions and standards are not met. Where consent is refused, the institution shall be informed of the reasons within 120 days of the application, or within 90 days after receipt of additional information requested during that period.
स्तरोन्नति भई माथिल्लो वर्गको कारोबार सञ्चालनको लागि निवेदन प्राप्त भएपछि कागजातहरुको परीक्षण तथा भौतिक पूर्वाधार समेत निरीक्षण गरी स्वीकृति दिन यस बैंक सन्तुष्ट भएमा आवेदन गरेको ३ महिनाभित्र स्वीकृति प्रदान गरिनेछ । त्यसको लागि थप कागजात माग गरेको अवस्थामा त्यस्ता कागजात प्राप्त भएको मितिले बढीमा ३ महिनाभित्र स्वीकृति प्रदान गर्नुपर्नेछ । स्तरोन्नति भई माथिल्लो वर्गको कारोबार सञ्चालनको लागि स्वीकृति प्रदान गर्नु अघि सैद्धान्तिक सहमति प्रदान गर्दा तोकिएका सम्पूर्ण शर्तहरु पूरा गरेको हुनु पर्नेछ ।
Controlled English translation
After receiving an application to commence higher-class business following upgrading, this Bank shall examine the documents and inspect physical infrastructure. If satisfied, approval shall be granted within three months from the application date; where additional documents are requested, approval shall be granted within a maximum of three months from receipt of those documents. All conditions imposed at the in-principle-consent stage shall have been fulfilled before final approval.
प्रादेशिक स्तरका “ख” र “ग” वर्गका वित्तीय संस्थाहरुले राष्ट्रियस्तरमा परिणत हुन चाहेमा देहायका शर्तहरु पूरा गरी स्वीकृतिका लागि व्यावसायिक योजना सहित यस बैंकमा निवेदन दिन सक्नेछन्:-
(क) यस बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको ।
(ख) नियमित रुपमा वार्षिक लेखापरीक्षण गरी साधारण सभा सम्पन्न गरेको ।
(ग) बैंक तथा वित्तीय संस्था पछिल्लो ३ वर्ष सञ्चित नोक्सानीमा नरहेको ।
(घ) यस बैंकको निर्देशन अनुरुपको पुँजीकोष (Capital Adequacy) पर्याप्त रहेको ।
(ङ) यस बैंकको निर्देशन अनुसार कर्जाको वर्गीकरण गरी सोको लागि पर्याप्त कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम गरेको ।
(च) निष्क्रिय कर्जा (NPA) पाँच प्रतिशत ननाघेको ।
(छ) प्रादेशिक स्तरमा कारोबार सञ्चालन गरेको ५ वर्ष पूरा भएको ।
(ज) New Capital Adequacy Framework 2008 पूर्णरुपमा लागू गर्न सक्ने प्रमाण पेश गरेको ।
(झ) नेपाल राष्ट्र बैंकबाट संस्था वा संस्थाका अध्यक्ष, सञ्चालक र कार्यकारी प्रमुख कारवाहीमा परेको भए सो कारवाही फुकुवा भएको अवधि ३ वर्ष पूरा भएको ।
(ञ) इजाजतपत्र दिंदा तोकिएका सबै शर्तहरु पूरा गरेको ।
२. राष्ट्रियस्तरमा परिणत हुनका लागि आवेदनसाथ संस्थापक/सञ्चालक विवरण, आगामी ५ वर्षको प्रक्षेपित वित्तीय अवस्था, व्यावसायिक रणनीति, प्राविधिक तथा व्यवस्थापन पक्ष र बजार संवेदनशीलता सहितको व्यावसायिक योजना तथा राष्ट्रियस्तरमा परिणत भएपछि कायम हुने कार्यक्षेत्र समेट्ने कर्जा नीति, लगानी नीति, निरीक्षण नीति, वासलात बाहिरका कारोबार सञ्चालन नीति, आन्तरिक लेखापरीक्षण नीति, गैर बैंकिङ सम्पत्ति व्यवस्थापन नीति, सम्पत्ति दायित्व व्यवस्थापन नीति, सूचना प्रविधि नीति र आफ्नो ग्राहक पहिचान नीति पेश गर्नु पर्नेछ ।
३. राष्ट्रियस्तरमा परिणत हुने सम्बन्धमा संस्थाका सञ्चालक समितिसँग अन्तरक्रिया गरी कागजात पूरा भएको मितिले ६० दिनभित्र सो सम्बन्धी प्रक्रियाको टुंगो लगाइनेछ ।
Controlled English translation
A provincial-level Class “B” or Class “C” financial institution wishing to become a national-level institution may apply with a business plan after fulfilling the prescribed minimum paid-up capital, regular audit/AGM, no accumulated loss for the preceding three years, adequate Capital Adequacy, adequate Loan Loss Provision, NPA not exceeding five percent, five completed years of provincial operations, ability to implement the New Capital Adequacy Framework 2008, completion of the regulatory-action cooling-off period where applicable, and all licensing conditions. The application shall include promoter/director details, a five-year projected financial/business plan and the policies required for national-level operations. After interaction with the Board, the process shall be concluded within 60 days after documents are complete.
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ७० बमोजिम इजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभ्ने/गाभिने/प्राप्ति भई सोही ऐनको दफा ३८ बमोजिम स्तरोन्नतिका लागि यस बैंकमा निवेदन पेश हुन आएमा सर्वप्रथम गाभ्ने/गाभिने सम्बन्धमा सहमति प्रदान गर्ने तथा सो को टुंगो लागेपछि स्तरोन्नतिको कारवाही अघि बढाइनेछ । यसरी गाभ्ने/गाभिने/प्राप्ति भई स्तरोन्नतिका लागि पेश हुन आएको निवेदनलाई प्राथमिकता दिइनेछ ।
Controlled English translation
Where licensed institutions merge/acquire one another under Section 70 of the Bank and Financial Institution Act, 2073 and subsequently apply for upgrading under Section 38, consent to the merger/acquisition shall first be processed and upgrading shall proceed after completion of that process. Such applications shall receive priority.
उपबुँदा (१) बमोजिम यस बैंकमा निवेदन दिँदा संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड र धितोपत्र विनिमय बजारलाई समेत सोको जानकारी अनिवार्य रुपमा दिनु पर्नेछ ।
Controlled English translation
When applying under sub-clause (1), the institution shall mandatorily inform the Office of the Company Registrar, Securities Board of Nepal and the securities exchange.
प्रादेशिक स्तरका वित्तीय संस्थाहरु एक आपसमा गाभिई वा प्राप्ति गरी राष्ट्रियस्तरमा परिणत हुन चाहेमा गाभिएर/प्राप्ति गरी बन्ने संस्थाको चुक्ता पुँजी तथा पुँजीकोष यस बैंकले तोकेबमोजिम हुने गरी अन्य व्यवस्थामा छुट प्रदान गरी विशेष प्राथमिकता दिन सकिनेछ ।
Controlled English translation
Where provincial-level financial institutions merge or are acquired and seek national-level status, special priority and relaxation in other arrangements may be granted provided the paid-up capital and capital fund of the resulting institution meet the requirements prescribed by this Bank.
देहायको कुनै वा सबै अवस्था पूरा नगर्ने इजाजतपत्रप्राप्त संस्थालाई अन्य कुनै इजाजतपत्रप्राप्त संस्थासँग गाभिन वा प्राप्तिमा जान नेपाल राष्ट्र बैंकले निर्देशन दिन सक्नेछ:
(क) नेपाल राष्ट्र बैंकले तोकेको अवधिभित्र तोकेबमोजिमको पुँजी नपुर्याएको,
(ख) विगत पाँच वर्षदेखि लगातार नोक्सानीमा रहेको,
(ग) नेपाल राष्ट्र बैंकले दिएको निर्देशन पटक पटक उल्लंघन गरी कारवाहीमा परेको,
(घ) नेपाल राष्ट्र बैंकले तोकेबमोजिम जोखिम व्यहोर्ने कोष कायम गर्न नसकेको ।
Controlled English translation
This Bank may direct a licensed institution to merge with or be acquired by another licensed institution where any or all of the following apply: failure to meet prescribed capital within the prescribed period; continuous losses for five years; repeated violation of Nepal Rastra Bank directives resulting in action; or failure to maintain the risk-bearing fund prescribed by this Bank.
एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवम् व्यावसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका वाणिज्य बैंकहरुलाई एक आपसमा गाभ्न/गाभिन निर्देशन दिइने छ ।
Controlled English translation
Commercial banks and other institutions promoted by the same person/group, under direct or indirect ownership/control of the same family or business group, or having established business relationships may be directed to merge with one another.
गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा यस बैंकबाट सैद्धान्तिक सहमति दिइसकेको अवस्थामा प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गरिसक्नु पर्ने व्यवस्थामा छुट प्रदान गर्न सकिनेछ ।
Controlled English translation
Where this Bank has already granted in-principle consent to a merger/acquisition, relaxation may be granted from the requirement to fill a vacant Chief Executive Officer position within three months.
वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान व्यवस्थाको अतिरिक्त देहायबमोजिमका थप सुविधा तथा छुट एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म प्रदान गरिनेछ:
(क) तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने ।
(ख) एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट प्रदान गरिने ।
(ग) एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट प्रदान गरिने ।
(घ) यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने ।
(ङ) सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने ।
(च) यस बैंकको निर्देशन बमोजिम कायम गर्नु पर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छुट दिइने ।
(छ) एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको समय प्रदान गरिने ।
(ज) एकीकृत कारोबार सञ्चालनको क्रममा १ कि.मि. भित्रका शाखा कार्यालयहरुमध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न यस बैंकको स्वीकृति आवश्यक नपर्ने ।
(झ) वाणिज्य बैंकको ०.१० प्रतिशत वा सोभन्दा कम शेयर धारण गरेका संस्थापक समूहको शेयर धितोपत्र बजारमा शेयर बिक्री गर्दा फिट एण्ड प्रपर टेस्ट अनिवार्य नहुने ।
(ञ) बैंक तथा वित्तीय संस्थाहरुको गाभ्ने/गाभिने कार्यलाई थप प्रोत्साहन गर्न मर्जर/प्राप्ति पश्चात संस्थापक र सर्वसाधारण शेयर धारण गर्ने शेयरधनीले रोजेको एक समूहबाट मात्र सञ्चालकमा उम्मेदवारी दिन पाउने ।
(ट) प्रदेशस्तरमा सञ्चालित विकास बैंक एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालन गरेमा कार्यक्षेत्र भित्र पायक पर्ने स्थानमा कर्पोरेट कार्यालय स्थापना गर्न र प्रदेश राजधानी तथा काठमाडौंमा सम्पर्क कार्यालय खोल्न स्वीकृति प्रदान गरिने ।
Controlled English translation
Where commercial banks participate in merger/consolidation or acquisition and commence integrated operations by Poush-end 2079, additional facilities include: one-year extension of prescribed-sector lending time; 0.5 percentage-point CRR concession for one year; 1 percentage-point SLR concession for one year; 5 percentage-point increase in the per-institution deposit-mobilisation limit; relaxation of the six-month association restriction for Board/senior employees; 1 percentage-point spread concession; one year to regularise excess CD ratio; branch merger/closure without NRB approval where branches are within one kilometre; no Fit and Proper Test for sale of promoter shares of 0.10 percent or less; director candidacy from only one shareholding group after merger/acquisition; and specified corporate/liaison-office concessions for provincial development banks.
यस बैंकबाट समस्याग्रस्त घोषणा गरिएको विकास बैंक र वित्त कम्पनीलाई इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले प्राप्ति गरेमा बुँदा नं.७ बमोजिमका सुविधा तथा छुट दिइनेछ ।
Controlled English translation
A licensed bank or financial institution acquiring a development bank or finance company declared problematic by this Bank shall receive the facilities and concessions under Clause 7.
वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहिरका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन ।
Controlled English translation
Where commercial banks complete merger/acquisition and commence integrated operations by Poush-end 2079, they need not obtain this Bank’s approval for one year from the integration date to open branch offices in Metropolitan and Sub-Metropolitan Cities outside Kathmandu Valley.
वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात काठमाडौं उपत्यकामा एक शाखा खोल्नुपर्ने हालको प्रावधानमा एक वर्षसम्म यस बैंकको स्वीकृति लिनु पर्ने छैन ।
Controlled English translation
Where commercial banks merge/consolidate or participate in acquisition and commence integrated operations by Poush-end 2079, for one year approval of this Bank shall not be required under the existing provision that a Kathmandu Valley branch may be opened only after three branches outside Kathmandu Valley have been opened and brought into operation.
२०७९ पुस मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६ महिना उमेर नपुगेको व्यक्तिको बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति/पुनः नियुक्ति हुन बाधा पर्ने छैन ।
Controlled English translation
Where two or more commercial banks participate in merger/consolidation or acquisition with a view to completing the process and commencing integrated operations by Poush-end 2079, as a one-time facility, a person who is short of the otherwise applicable age condition by up to six months shall not be prevented from being appointed or reappointed as Chief Executive Officer.
वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम् संस्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश १० प्रतिशत बिन्दुले थप गरिनेछ ।
Controlled English translation
Where commercial banks merge/consolidate or participate in acquisition and commence integrated operations by Poush-end 2079, the permitted share within total deposits of Government bodies/public enterprises, public limited companies, savings and credit cooperatives and funds under such bodies shall be increased by 10 percentage points.
वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गरिनेछ ।
Controlled English translation
For commercial banks completing merger/acquisition and integrated operations by Poush-end 2079, the deadline to issue debentures equal to the prescribed minimum 25 percent is extended by one year from the integrated-operation date.
एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने संस्थाको हकमा एकभन्दा बढी प्रदेशमा समेत शाखा कार्यालय खोली सञ्चालनमा रहेका वित्तीय संस्थाहरुले २०७९ असारभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरी सक्नु पर्ने व्यवस्थाको समयावधि २०८० असारमसान्त कायम गरिएको छ ।
Controlled English translation
In the case of institutions that participate in merger/consolidation or acquisition and commence integrated operations by Ashadh-end 2079, the period under the existing provision requiring financial institutions operating branch offices in more than one Province to sell, close or relocate those branches and limit their entire area of operation to one Province by Ashadh-end 2079 shall instead be Ashadh-end 2080.
वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट देहायबमोजिमका सुविधा तथा छुट प्रदान गरिनेछ:
(क) तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने ।
(ख) सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने ।
(ग) एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिने ।
(घ) गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दा ब्याजदर अन्तर लागतमा अन्य बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने ।
(ङ) यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने ।
(च) एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरुमध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म यस बैंकको स्वीकृति आवश्यक नपर्ने ।
Controlled English translation
Where commercial banks participate in merger/consolidation or acquisition but cannot commence integrated operations by Poush-end 2079 and subsequently commence by Ashadh-end 2080, the facilities include: one-year extension for prescribed-sector lending; relaxation of the six-month association restriction for Board/senior employees; six months to regularise excess CD ratio; one year to bring an excessive interest-rate spread within the prescribed limit; 5 percentage-point increase in the per-institution deposit limit for one year; and one-year permission to merge/close branches within one kilometre without NRB approval.
(१) यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएका देहायका निर्देशनहरुलाई खारेज गरिएको छ: यस बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ को गाभ्ने/गाभिने र स्तरोन्नति हुने सम्बन्धमा इ.प्रा. निर्देशन नं. १८/०८१ तथा सोपश्चात् मिति २०८२ माघ २ सम्म जारी भएका यसै विषयसँग सम्बन्धित सम्पूर्ण परिपत्रहरु खारेज गरिएको छ ।
(२) उपबुँदा (१) बमोजिम खारेज गरिएका निर्देशन तथा परिपत्र बमोजिम भए गरेका काम कारवाही यसै निर्देशन बमोजिम भए गरेको मानिनेछ ।
Controlled English translation
(1) The following directives previously issued to licensed banks and financial institutions are repealed: Directive No. 18/081 under the Unified Directives, 2081 relating to merger and upgrading, and all circulars on the same subject issued thereafter up to Magh 2, 2082.
(2) Acts/actions carried out under the repealed directives and circulars shall be deemed to have been carried out under this Directive.
Original Nepali text is authoritative. English is a controlled facilitative translation and is not an official Nepal Rastra Bank translation.
In case of inconsistency, ambiguity or difference, the official Nepali Directive and applicable Nepal Rastra Bank circulars prevail.
C.M. & Associates is not affiliated with, approved by or endorsed by Nepal Rastra Bank. This material is provided for information and reference only and does not constitute legal, regulatory, tax or professional advice.
Technical controls cannot guarantee prevention of screenshots or copying.