नेपाली मूल पाठ
(क) इजाजतपत्रप्राप्त संस्थाले महानगरपालिका र उप महानगरपालिकामा शाखा कार्यालय खोल्न यस बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ । शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर खोली कारोबार शुरु गरेकै दिन उक्त शाखा तथा एक्सटेन्सन काउन्टर सम्बन्धी विवरण यस बैंकको रिपोर्टिङ पोर्टलमा र सुपरिवेक्षण सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा अध्यावधिक गर्नु पर्नेछ ।
(ख) देहायको अवस्था पूरा गरेको इजाजतपत्रप्राप्त संस्थाले आफ्नो कार्यक्षेत्र भित्र नयाँ शाखा कार्यालय खोल्न सक्नेछ:
(अ) शाखा विस्तार गर्नका लागि प्रस्तावित स्थान वित्तीय रुपले सम्भाव्य रहेको स्थलगत अध्ययन प्रतिवेदन तयार गर्नु पर्ने ।
(आ) यस बैंकको नीतिगत व्यवस्था तथा निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको ।
(इ) यस बैंकबाट इजाजतपत्र प्रदान गर्दा तोकिएका शर्तहरु पूरा गर्नुका साथै शाखा खोल्नु अगाडिको त्रैमासिक वित्तीय विवरणमा यस बैंकले तोकेको पुँजीकोष कायम गरेको ।
(ई) शाखा कार्यालयमा सूचना आदान प्रदान गर्नको लागि नेटवर्किङ (Networking) गरी वा विद्युतीय माध्यमबाट केन्द्रीय कार्यालयमा सूचना प्रणालीमा तत्काल आवद्ध हुन सक्ने व्यवस्था गरेको ।
(उ) सम्बन्धित संस्थाको सञ्चालक समितिबाट शाखा कार्यालय स्थापना/सञ्चालन गर्ने सम्बन्धी निर्णय भएको हुनु पर्ने । सञ्चालक समितिले निर्णय गरेको मितिले १५ दिनभित्र यस बैंक समक्ष संलग्न अनुसूची १४.१ बमोजिमको ढाँचाको फाराम भरी स्वीकृतिको लागि आवेदन दिनु पर्नेछ । यस बैंकबाट स्वीकृति पाएको मितिले छ महिनाभित्रमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरी सक्नु पर्ने ।
(ग) माथि उल्लिखित शर्त तथा व्यवस्थाहरु पूरा नभएको अवस्थामा इजाजतपत्रप्राप्त संस्थालाई विशेष परिस्थितिमा कुनै स्थानमा शाखा स्थापना गर्न आवश्यक देखिएमा यस बैंकले स्वीकृति दिन सक्नेछ ।
(घ) शाखा विस्तार गर्ने स्वीकृति प्रदान गर्दा ग्रामीण क्षेत्रमा बैंकिङ कारोबार, वैदेशिक रोजगारी, विप्रेषण तथा उक्त बैंक वा वित्तीय संस्थाबाट कृषि, ऊर्जा, पर्यटन र लघु उद्यमको क्षेत्रमा कर्जा प्रवाह हुन सक्ने वृद्धिको स्थिति झल्कने गरी पेश गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन समेतलाई आधार बनाइनेछ । शाखा स्थापनाको लागि पेश गरिने सम्भाव्यता अध्ययन प्रतिवेदनमा प्रस्तावित शाखा स्थापनाको लागि हुने पुँजीगत तथा अन्य खर्चहरु, तीन वर्षभित्रमा सोही संस्थाको अन्तरशाखा ब्याज आम्दानी बाहेकका बैंकिङ कारोबारबाट प्रस्तावित शाखा मुनाफामा सञ्चालित हुन सक्ने आधार समेत समावेश गर्नु पर्नेछ ।
(ङ) काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात् मात्र काठमाडौं उपत्यकामा बैंकिङ सेवाको पहुँच कम भएका स्थानलाई पहिलो प्राथमिकता दिने गरी एक शाखा खोल्न स्वीकृति प्रदान गर्न सकिनेछ । काठमाडौं उपत्यका बाहिर खोल्ने तीन शाखामध्ये कम्तीमा दुई शाखा नगरपालिका वा गाउँपालिकामा खोलिएको हुनुपर्नेछ ।
(च) कुनै इजाजतपत्रप्राप्त बैंक वा वित्तीय संस्थाले यस बैंकबाट समस्याग्रस्त घोषणा गरिएको बैंक वा वित्तीय संस्थाको शाखा खरिद गर्ने भएमा दुबै संस्थाले प्रचलित कानुन तथा आफ्नो आर्थिक प्रशासन विनियमावलीको अधीनमा रही शाखा खरिद बिक्री गर्न सक्नेछन् । काठमाडौं उपत्यका लगायत अन्य कुनै पनि स्थानमा अवस्थित समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खरिद गरी सञ्चालन गरेमा शाखा खरिद गर्ने बैंक तथा वित्तीय संस्थालाई माथि उल्लिखित खण्ड (च) को व्यवस्था अनिवार्य हुने छैन ।
तर यस बैंकबाट समस्याग्रस्त घोषणा नभई विशेष निगरानीमा रहेका बैंक वा वित्तीय संस्थाको शाखा कार्यालय खरिद बिक्री सम्बन्धमा यस बैंकको पूर्व स्वीकृति लिएर मात्र गर्न/गराउन सकिनेछ ।
(छ) प्रादेशिक कार्यालय सम्बन्धी व्यवस्था:
(१) “क” वर्गका वाणिज्य बैंकहरुले प्रत्येक प्रदेशमा एक/एक वटाका दरले प्रादेशिक कार्यालयहरु स्थापना गर्नुपर्नेछ ।
(२) “ख” र “ग” वर्गका वित्तीय संस्थाले आवश्यकतानुसार प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालयहरु स्थापना गर्न सक्नेछन् ।
(३) प्रादेशिक कार्यालय स्थापना गर्दा निम्नानुसारको व्यवस्था/प्रक्रिया पालना गर्नु पर्नेछ:
(अ) एउटै जिल्ला/प्रदेशभित्रका शाखा कार्यालयहरुलाई एउटै प्रादेशिक कार्यालयको मातहतमा राख्नु पर्नेछ ।
(आ) प्रादेशिक कार्यालयले आफ्नो मातहतका शाखा कार्यालयहरुको कामकारवाहीको अनुगमन, निरीक्षण तथा लेखापरीक्षणका अतिरिक्त केन्द्रीय कार्यालयले तोकिदिएका अन्य कार्यहरु जस्तै: आफ्नोलाई तोकिएको सीमाभित्रको शाखा कार्यालयहरुबाट प्राप्त कर्जा फाइल अध्ययन गरी स्वीकृतिको निर्णय दिने, केन्द्रीय कार्यालयबाट प्राप्त स्वीकृतिको व्यवस्थापन गर्ने, मातहतका शाखा कार्यालयहरुको वितरण गर्ने, नयाँ शाखा कार्यालयको लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गर्ने, सम्बन्धित प्रदेश अन्तर्गतका शाखाहरुको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरु लगायत अन्य प्रशासनिक कार्यहरु समेत गर्न सक्नेछ ।
(इ) प्रादेशिक कार्यालयबाट बैंकिङ कारोबार गर्न/गराउन पाइने छैन ।
(ई) प्रादेशिक कार्यालय खोल्नु पूर्व सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले सो कार्यालय खोल्ने सम्बन्धमा निर्णय गर्नु पर्नेछ ।
(उ) प्रादेशिक कार्यालय सञ्चालनमा आएको १५ दिनभित्र यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागलाई जानकारी गराउनु पर्नेछ ।
Controlled English translation
(a) A licensed institution shall obtain prior approval of this Bank to open a branch office in a Metropolitan City or Sub-Metropolitan City. On the very day on which a branch office or extension counter commences operations, information relating to such branch or extension counter shall be updated in this Bank’s reporting portal and in the Supervisory Information System reporting portal.
(b) A licensed institution satisfying the following conditions may open a new branch office within its area of operation:
(i) a site-based feasibility study report shall be prepared showing that the proposed location for branch expansion is financially viable;
(ii) the minimum paid-up capital prescribed under the policy arrangements and directives of this Bank shall have been maintained;
(iii) the conditions prescribed by this Bank at the time of licensing shall have been fulfilled and the capital fund prescribed by this Bank shall have been maintained in the quarterly financial statement immediately preceding the opening of the branch;
(iv) arrangements shall have been made for immediate connection of the branch office to the information system at the central office through Networking or electronic means for exchange of information;
(v) the Board of Directors of the concerned institution shall have decided to establish/operate the branch office. Within 15 days from the date of such decision, an application for approval shall be submitted to this Bank in the form prescribed in Schedule 14.1. The branch office shall be opened and business commenced within six months from the date of approval by this Bank.
(c) Where the above conditions and arrangements are not fulfilled, this Bank may, in special circumstances, grant approval to a licensed institution to establish a branch at a location where such establishment is considered necessary.
(d) When granting approval for branch expansion, the feasibility study report shall also be considered, particularly where it demonstrates the potential increase in banking transactions, foreign employment/remittance business, and lending by the bank or financial institution to agriculture, energy, tourism and micro-enterprises in rural areas. The feasibility study report submitted for branch establishment shall include the capital and other costs of the proposed branch and the basis on which the proposed branch can operate profitably within three years from banking transactions other than inter-branch interest income of the same institution.
(e) Approval to open one branch in Kathmandu Valley, giving first priority to areas with low access to banking services, may be granted only after the institution has opened and brought into operation three branches outside Kathmandu Valley. Of the three branches opened outside Kathmandu Valley, at least two shall have been opened in a municipality or rural municipality.
(f) Where a licensed bank or financial institution purchases a branch of a bank or financial institution declared problematic by this Bank, the two institutions may purchase/sell the branch subject to prevailing law and their financial-administration regulations. Where such branch office of a problematic bank or financial institution situated in Kathmandu Valley or elsewhere is purchased and operated, the branch-purchasing bank or financial institution shall not be required to comply with the above branch-opening condition to that extent.
However, purchase/sale of the branch office of a bank or financial institution under special supervision but not declared problematic by this Bank shall be carried out only after obtaining prior approval of this Bank.
(g) Provincial Office:
(1) Class “A” commercial banks shall establish one provincial office in each Province.
(2) Class “B” and “C” financial institutions may establish provincial offices in each Province as necessary.
(3) The following arrangements/procedures shall be followed when establishing a provincial office:
(i) branch offices within the same district/Province shall be placed under one provincial office;
(ii) in addition to monitoring, inspection and audit of branch offices under it, the provincial office may perform other functions assigned by the central office, including study of credit files received from branch offices within its delegated limit and decision on approval, administration of approvals received from the central office, distribution/coordination among branch offices under it, feasibility studies and reports for new branch offices, coordination and supervision of branches in the Province, institutional governance, risk management, grievance handling and other administrative functions;
(iii) no banking transaction shall be carried out through a provincial office;
(iv) before opening a provincial office, the Board of Directors of the concerned licensed institution shall decide to open such office;
(v) within 15 days after the provincial office commences operation, information shall be provided to the Banks and Financial Institutions Regulation Department of this Bank and the concerned Supervision Department.