नेपाली मूल पाठ
इजाजतपत्रप्राप्त संस्थाको संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर प्रचलित ऐन कानुन तथा देहायका शर्तहरुको अधीनमा रही विद्यमान संस्थापकहरुबीच वा अन्य व्यक्ति वा संस्थालाई यस बैंकको पूर्व स्वीकृतिमा खरिद/बिक्री गर्न सकिनेछ ।
तर, इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको दुई (२) प्रतिशत वा सोभन्दा कम शेयर लिएका संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर विद्यमान संस्थापकहरुबीच वा अन्य व्यक्ति वा संस्थालाई खरिद/बिक्री गर्नको लागि यस बैंकको स्वीकृति लिइरहनु पर्दैन । नयाँ संस्थापकहरुले यस बैंकले तोकेको मापदण्ड र Fit and Proper Test को व्यवस्थालाई परिपालना गरेको हुनु पर्नेछ । साथै, दुई प्रतिशतभन्दा बढी शेयर धारण गरेको संस्थापक शेयरधनीहरुको हकमा भने यस प्रयोजनको लागि संस्थापक शेयर खण्डीकृत गरी दुई प्रतिशत वा सोभन्दा कम गरी यस्तो सुविधा उपयोग गर्न पाइने छैन ।
(क) संस्थापक शेयरधनीको मृत्यु भएको, वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशबण्डा भएको वा अदालतको आदेश भएको अवस्थामा सम्बन्धित हकवालालाई प्रचलित कानुन बमोजिम हस्तान्तरण गर्न सकिने छ ।
(ख) मृत्यु भई वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशबण्डा भई हक हस्तान्तरण भएको अवस्थामा बाहेक संस्थापक शेयरधनीले आफ्नो संस्थापक शेयर हस्तान्तरण गर्दा विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्दछ । विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरिद गर्न नचाहेको खण्डमा सोको लिखित जानकारी लिई अन्य समूह वा बाह्य व्यक्ति/संस्थालाई बेचबिखन गर्न सकिने छ । सम्पूर्ण संस्थापकहरुको लिखित सहमति लिन सम्भव नभएमा सम्बन्धित बैंक/वित्तीय संस्था मार्फत राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा ३५ दिनको सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराउने र सो अवधिभित्र विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न चाहेको लिखित जानकारी पेश हुन नआएमा मात्र प्रचलित कानुनको अधीनमा रही पुनः सार्वजनिक सूचना प्रकाशन गरी अन्य व्यक्ति/संस्थालाई बिक्री गर्न सकिने छ ।
(ग) संस्थापक समूहको शेयर खरिद गर्ने व्यक्ति/संस्थालाई सोही संस्थापक समूहमा समावेश गर्नु पर्नेछ ।
(घ) बुँदा नं. २ को खण्ड (ङ) मा उल्लिखित अयोग्यता भएको व्यक्ति/संस्था संस्थापक शेयर खरिद/बिक्री गर्न कारोबारमा सहभागी हुन पाउने छैन ।
(ङ) संगठित संस्थाले शेयर खरिद गर्ने भएमा उक्त संस्थाको कार्य/उद्देश्यमा शेयर खरिद/बिक्री गर्न पाउने/नपाउने यकिन गरी विगत २ आर्थिक वर्षदेखि सञ्चालन मुनाफामा रहेको वित्तीय विवरण यकिन गरेर मात्र बिक्री गर्नु पर्नेछ । साथै, उक्त संगठित संस्थाको सञ्चालकहरु समेत कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा समावेश नभएको हुनुपर्नेछ ।
(च) कुनै व्यक्ति फर्म, कम्पनी, एकाघर परिवार वा संगठित संस्थाद्वारा संस्थापक शेयरमा लगानी गर्दा यस बैंकबाट इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थामा बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेको हुँदा सो सम्बन्धी अवस्था सम्बन्धित बैंक वा वित्तीय संस्थाले यकिन गरी मात्र संस्थापक शेयर खरिद/बिक्री कार्य हुन सक्नेछ ।
(छ) माथि खण्ड क, ख, ग, घ र ङ मा उल्लिखित अवस्था पूरा भए नभएको बारे सम्बन्धित बैंक/वित्तीय संस्थाको सञ्चालक समितिले आफैं यकिन गरेर मात्र संस्थापकहरुको स्वामित्व लागत कित्तामा परिवर्तन गराउनु पर्नेछ । संस्थापक शेयर खरिद/बिक्री सम्बन्धी स्वीकृति सम्बन्धित बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिले नै प्रदान गर्न सक्नेछ ।
(ज) शेयरधनीहरुले खरिद/बिक्री गर्ने संस्थापक शेयरको मूल्य र सम्बन्धित निकायहरुमा लाग्ने कर, दस्तुर, सेवा शुल्क प्रचलित कानुन बमोजिम हुनेछ ।
(झ) चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी संस्थापक शेयर धारण गरेको अवस्थामा त्यस्तो शेयर टुक्रा टुक्रा गरी वा एकमुष्ट रुपमा संस्थापक समूहमा नरहेको व्यक्तिलाई बिक्री गर्न नपाउने तथा संस्थापक शेयर बिक्री/हस्तान्तरण वा नामसारी गर्न यस बैंकको स्वीकृति लिनु पर्नेछ ।
(ञ) कुनै बैंक वा वित्तीय संस्थामा संस्थापक शेयर धितो राखी कर्जा लिएको अवस्थामा कर्जा असुलीका पर्याप्त उपायहरु अवलम्बन गर्दा समेत उक्त कर्जा असुलउपर हुन नसके उक्त संस्थापक शेयर नै जफत गरी पूर्व असुली निर्देशनको कर्जा गएको अवस्थामा र पर्याप्त मूल्यमा बैंक वा वित्तीय संस्थाको संस्थापक शेयर बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थामा शेयर संख्या र औचित्यका आधारमा जफत गरिएको/बाध्यात्मक रुपमा बिक्री गर्नु पर्ने उक्त संस्थापक शेयर बिक्री गर्नका लागि खरिदकर्ताको पहिचान गर्ने सम्बन्धमा देहायको प्रक्रिया अवलम्बन गर्न सकिने छ :
(१) संस्थापक शेयर सार्वजनिक सूचना गरी बोलकबोल (गोप्य सिलबन्दी) को माध्यमबाट प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति एवम् निर्देशन विपरीत नहुने गरी सर्वाधिक बढी वा वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थालाई बिक्री गर्न खरिदकर्ता छनौट गर्ने,
(२) प्रचलित कानुन तथा विद्यमान निर्देशनमा भएको व्यवस्था बमोजिम यसरी संस्थापक शेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समूहमा नै पर्ने व्यहोरा समेत जानकारी गराउने । संस्थापक शेयर खरिदकर्ता पहिचान भइसकेपछि चुक्ता पुँजीको २ प्रतिशतभन्दा घटी संस्थापक शेयर धारण गर्ने संस्थापक शेयरधनीको संस्थापक शेयरको हकमा बुँदा नं. १५ मा उल्लिखित प्रक्रिया अपनाई शेयर बिक्री वा नामसारी गर्नु पर्ने । तर, चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी शेयर स्वामित्व धारण गरेको वा हुने अवस्थामा शेयर बिक्री/हस्तान्तरण वा नामसारी गर्नु पूर्व यस बैंकबाट स्वीकृति लिनु पर्ने ।
(ट) संस्थापक शेयर धितोमा कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा सूचीकृत रहेको भए त्यस्तो संस्थापक शेयर बिक्रीबाट प्राप्त हुन आउने रकम अनिवार्य रुपमा कर्जा चुक्ता गर्ने प्रयोजनका लागि उपयोग गर्नु पर्नेछ ।
(ठ) उल्लिखित व्यवस्थाको अधीनमा रही शेयर खरिद/बिक्री गरी नयाँ कायम भएका संस्थापक शेयरधनीहरु सहितको अर्धवार्षिक विवरण १५ दिनभित्र यस बैंक समक्ष पेश गर्नु पर्नेछ ।
(ड) माथि उल्लिखित प्रक्रिया नपु¥याई संस्थापक शेयर खरिद/बिक्री गरिएको अवस्थामा देहायका कारवाही हुनेछन्:
(१) बैंक वा वित्तीय संस्था: नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम सचेत गराउने लगायतका अन्य कारवाही । विक्रेता संस्थापक शेयरधनीका हकमा जुन बैंक वा वित्तीय संस्थाको संस्थापक शेयर हो सोही बैंक वा वित्तीय संस्थाले जफत गर्न सक्ने ।
(२) खरिद/बिक्रीकर्ता: नयाँ संस्थापना हुने बैंक वा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्न र कुनै पनि इजाजतपत्रप्राप्त संस्थाको संस्थापकको रुपमा रहन खरिद/बिक्री गरेको मितिले ५ वर्षसम्म योग्य नहुने ।
(ढ) प्रचलित ऐन, कानुन र यस बैंकबाट जारी गरिएका नीति निर्देशनहरुमा कुनै परिमार्जन भएमा सोही बमोजिम उल्लिखित व्यवस्थामा परिमार्जन भएको मानिने छ ।
Controlled English translation
Promoter shares held in the names of promoter shareholders of a licensed institution may, subject to prevailing Acts and laws and the following conditions, be purchased/sold between existing promoters or to another person or institution with prior approval of this Bank.
However, promoter shares held in the name of a promoter shareholder holding two (2) percent or less of the paid-up capital of a licensed institution may be purchased/sold between existing promoters or to another person or institution without obtaining approval of this Bank each time. A new promoter shall comply with the standards prescribed by this Bank and the Fit and Proper Test requirements. A promoter shareholder holding more than two percent shall not divide promoter shares into portions of two percent or less for the purpose of using this facility.
(a) Where a promoter shareholder has died, or where family partition has occurred in accordance with prevailing law, or where there is a court order, the shares may be transferred to the concerned successor in accordance with prevailing law.
(b) Except where rights have been transferred due to death or family partition under prevailing law, an existing promoter shareholder shall give priority to existing promoter shareholders when transferring promoter shares. Where existing promoter shareholders do not wish to purchase the shares, written information thereof shall be obtained and the shares may be sold to another group or external person/institution. Where it is not possible to obtain written consent from all promoters, the concerned bank/financial institution shall publish a public notice of at least 35 days in a national daily newspaper; only where no written expression of interest from existing promoter shareholders is received within that period may a further public notice be published, subject to prevailing law, for sale to another person/institution.
(c) A person/institution purchasing promoter-group shares shall be included in the same promoter group.
(d) A person/institution having any disqualification stated in Clause 2(e) shall not participate in purchase/sale of promoter shares.
(e) Where an organised institution purchases shares, it shall first be verified from the objects/activities of such institution whether share purchase/sale is permitted, and the shares shall be sold only after verifying financial statements showing operating profit for the previous two fiscal years. The directors of such organised institution shall also not be included in the blacklist of Credit Information Centre Limited.
(f) Since a person, firm, company, undivided family or organised institution may invest up to 15 percent in any one bank or financial institution licensed by this Bank and only up to 1 percent of the paid-up capital of other banks and financial institutions, the concerned bank or financial institution shall verify compliance with this condition before effecting purchase/sale of promoter shares.
(g) The Board of Directors of the concerned bank/financial institution shall itself verify whether the conditions in paragraphs (a), (b), (c), (d) and (e) have been fulfilled before changing promoter ownership in the cost/share register. Approval relating to purchase/sale of promoter shares may be granted by the Board of Directors of the concerned bank or financial institution.
(h) The price of promoter shares purchased/sold by shareholders and the taxes, duties and service charges payable to the concerned bodies shall be in accordance with prevailing law.
(i) Where promoter shares exceeding 2 percent of paid-up capital are held, such shares shall not be split into portions for sale to a person outside the promoter group, and approval of this Bank shall be obtained for sale/transfer or registration of promoter shares.
(j) Where promoter shares have been pledged with a bank or financial institution to obtain a loan and, despite taking adequate recovery measures, the loan cannot be recovered, such promoter shares may be foreclosed and, where a compulsory sale becomes necessary, the following procedure may be followed to identify a purchaser on the basis of the number and justification of shares: (1) select a purchaser through public notice and bidding (sealed bid), in a manner not contrary to prevailing law and the policies/directives of Nepal Rastra Bank, from existing promoter shareholders and other interested persons, firms, companies and organised institutions offering the highest bid or otherwise meeting applicable requirements; (2) inform the purchaser that, under prevailing law and directives, a purchaser of promoter shares falls within the promoter group. After identification of the purchaser, where the promoter shares are less than 2 percent of paid-up capital, the process under Clause 15 shall be followed for sale or registration; where the resulting ownership exceeds 2 percent, prior approval of this Bank shall be obtained before sale/transfer or registration.
(k) Where promoter shares pledged as security are associated with a person listed in the Credit Information Centre Limited blacklist, the proceeds from sale of such promoter shares shall mandatorily be used for repayment of the loan.
(l) A half-yearly statement including the new promoter shareholders resulting from purchase/sale under these provisions shall be submitted to this Bank within 15 days.
(m) Where promoter shares are purchased/sold without following the above process, action shall be taken as follows: (1) against the bank or financial institution, action including warning under Section 100 of the Nepal Rastra Bank Act, 2058; in the case of the seller promoter shareholder, the bank or financial institution whose promoter shares are involved may take action as permitted by law; (2) the purchaser/seller shall, for five years from the date of purchase/sale, not be eligible to invest in promoter shares of a newly established bank or financial institution or to remain as a promoter of any licensed institution.
(n) Where prevailing Acts, laws or policies/directives issued by this Bank are amended, the above provisions shall be deemed amended accordingly.