नेपाली मूल पाठ
(१) ऐन, नियमावली तथा यस निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र त्यस्तो बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई ऐन बमोजिमको कारवाही हुनेछ ।
(२) उपबुँदा नं. १ बमोजिम कारवाही गर्दा ऐन, नियमावली तथा निर्देशनको पालना नभएको अवस्था, उल्लंघनको मात्रा र सो बाट पर्न सक्ने प्रणालीगत प्रभाव लगायतका विषयको गाम्भीर्यताको आधारमा यस बैंकले देहायबमोजिमका कारवाहीहरु गर्न सक्नेछ ।
(३) यस बुँदा बमोजिम गरिने कारवाही अपर्याप्त भएको लागेमा बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम यस बैंकले थप कारवाही गर्न सक्नेछ ।
(४) बैंक तथा वित्तीय संस्थालाई यस बुँदा बमोजिम कारवाही वा सजाय भएमा र त्यस्तो सजाय उक्त संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको काम कारवाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रचलित कानून वा संस्थाको विनियमावली बमोजिम कारवाही गर्नु पर्नेछ । तर, सूचक संस्थाले उक्त कारवाही नगरेमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारवाही गरी त्यसरी कारवाही नगर्ने संस्थाको सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनाको अवस्था, विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार रु. १० लाख देखि रु. ५ करोडसम्म जरिवाना वा पदबाट हटाउने वा दुबै कारवाही गर्न सक्नेछ ।
नीति तथा कार्यविधि नभएमा
पहिलो पटक स्पष्टीकरण; दोस्रो पटकदेखि रु. १० लाख वा गम्भीरताको आधारमा रु. ५ करोडसम्म जरिवाना ।
ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएमा वा प्रभावकारी नभएमा
पहिलो पटक स्पष्टीकरण; दोस्रो पटक रु. १० लाख; तेस्रो पटकदेखि रु. ५० लाख वा गम्भीरता अनुसार थप जरिवाना ।
जानिजानी बेनामी वा काल्पनिक नाममा कारोबार गरेको पाइएमा
रु. ५० लाख वा गम्भीरता अनुसार थप जरिवाना ।
ऐनको परिच्छेद ६ख को व्यवस्था पालना नभएमा
पहिलो पटक रु. २० लाख; दोस्रो पटक रु. ५० लाख; तेस्रो पटकदेखि रु. १ करोड वा गम्भीरता अनुसार रु. ५ करोडसम्म; पटक पटक प्रणालीगत समस्या भए कारोबार/व्यवसायमा आंशिक वा पूर्ण रोक वा इजाजतपत्र निलम्बन/खारेजीसम्म ।
उच्चपदस्थ व्यक्तिको पहिचान प्रणाली नभएमा वा प्रभावकारी नभएमा
पहिलो पटक रु. १० लाख; दोस्रो पटक रु. २० लाख; तेस्रो पटकदेखि रु. १ करोड वा गम्भीरता अनुसार रु. ५ करोडसम्म ।
वास्तविक धनीको पहिचान, बृहत ग्राहक पहिचान वा ग्राहक पहिचान अध्यावधिक व्यवस्था नभएमा वा प्रभावकारी नभएमा
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति तोकेबमोजिम कार्य नगरेमा
रु. १० लाख वा गम्भीरता अनुसार थप जरिवाना ।
वायर ट्रान्सफर/रेमिट्यान्समा ग्राहक पहिचान हुन नसकेमा
रु. १० लाख वा कारोबार रकम, जुन बढी हुन्छ, वा गम्भीरता अनुसार थप जरिवाना ।
वायर ट्रान्सफर/रेमिट्यान्समा वास्तविक धनी पहिचान हुन नसकेमा
रु. १० लाख वा कारोबार रकम, जुन बढी हुन्छ, वा गम्भीरता अनुसार थप ।
AML/CFT Measures लागू/यकिन नगरी करेस्पोन्डेन्ट बैंकिङ कारोबार गरेमा
निरन्तर अनुगमन व्यवस्था नभएमा वा प्रभावकारी नभएमा
पहिलो पटक रु. १० लाख; दोस्रो पटकदेखि रु. २० लाख वा गम्भीरता अनुसार थप ।
सीमा कारोबार विवरण समयमा पेश नगरेमा
पहिलो पटक रु. २० लाख; दोस्रो पटक रु. ५० लाख; तेस्रो पटकदेखि रु. १ करोड वा गम्भीरता अनुसार रु. ५ करोडसम्म ।
शंकास्पद कारोबार पहिचान प्रणाली नभएमा वा STR/SAR तोकिएको ढाँचा/समयमा पेश नगरेमा वा प्रभावकारी नभएमा
कार्यान्वयन अधिकारीको व्यवस्था नगरेमा
रु. २० लाख ।
समितिको प्रतिवेदन समयमा पेश नगरेमा वा सञ्चालक समितिले समीक्षा नगरेमा
पहिलो पटक स्पष्टीकरण; दोस्रो पटक रु. १० लाख; तेस्रो पटकदेखि रु. ५० लाख वा गम्भीरता अनुसार थप ।
संस्थागत तथा कर्मचारी क्षमता अभिवृद्धि नगरेमा
पहिलो पटक स्पष्टीकरण; दोस्रो पटक रु. १० लाख; तेस्रो पटकदेखि रु. २० लाख वा गम्भीरता अनुसार थप ।
तोकिएका अभिलेख नराखेमा वा तोकिएको समयसम्म सुरक्षित नराखेमा
Controlled English translation
(1) A licensed bank or financial institution, and its employees and office holders, that fail to effectively implement the Act, Regulations and this Directive shall be subject to action under the Act.
(2) In taking action under sub-clause (1), this Bank may impose the actions set out in the penalty table having regard to the nature of non-compliance, degree of violation, possible systemic effect and seriousness.
(3) Where action under this Clause is considered inadequate, this Bank may take further action against the bank or financial institution under the Nepal Rastra Bank Act, 2058 and the Bank and Financial Institution Act, 2073.
(4) Where a bank or financial institution is subject to action or penalty under this Clause and the penalty is attributable to an act of an office holder or employee, the institution shall take action against that office holder or employee under prevailing law or the institution’s regulations. If the reporting institution fails to do so, Nepal Rastra Bank may take action against that office holder or employee and may impose on the directors or concerned office holders of the institution that failed to act, according to the state of compliance, seriousness of the matter and nature of the reporting institution, a fine from NPR 1 million to NPR 50 million, removal from office, or both.
Policy and procedures not established
First instance: explanation; from the second instance: NPR 1 million or, according to seriousness, up to NPR 50 million.
Customer-identification arrangements not implemented or ineffective
First instance: explanation; second: NPR 1 million; from the third: NPR 5 million or additional fine according to seriousness.
Knowingly transacting in an anonymous or fictitious name
NPR 5 million or additional fine according to seriousness.
Failure to comply with Chapter 6B of the Act
First: NPR 2 million; second: NPR 5 million; from third: NPR 10 million or up to NPR 50 million according to seriousness; repeated systemic problems may lead to partial/complete business restriction or licence suspension/revocation.
PEP identification system absent or ineffective
First: NPR 1 million; second: NPR 2 million; from third: NPR 10 million or up to NPR 50 million.
Beneficial-owner, enhanced CDD or CDD-updating arrangements absent or ineffective
AML/CFT Committee not functioning as prescribed
NPR 1 million or additional fine according to seriousness.
Customer not identifiable in wire transfer/remittance
NPR 1 million or transaction amount, whichever is higher, or additional fine according to seriousness.
Beneficial owner not identifiable in wire transfer/remittance
NPR 1 million or transaction amount, whichever is higher, or additional amount according to seriousness.
Correspondent-banking transaction without applying/verifying AML/CFT Measures
Ongoing due diligence absent or ineffective
First: NPR 1 million; from second: NPR 2 million or additional fine according to seriousness.
TTR not submitted within prescribed time
First: NPR 2 million; second: NPR 5 million; from third: NPR 10 million or up to NPR 50 million.
Suspicious-transaction identification/reporting system absent, late or ineffective
Implementation Officer not appointed
NPR 2 million.
Committee report not submitted on time or Board review not performed
First: explanation; second: NPR 1 million; from third: NPR 5 million or additional fine according to seriousness.
Institutional/employee capacity development not carried out
First: explanation; second: NPR 1 million; from third: NPR 2 million or additional fine according to seriousness.
Required records not maintained/retained