नेपाली मूल पाठ
प्रादेशिक स्तरका “ख” र “ग” वर्गका वित्तीय संस्थाहरुले राष्ट्रियस्तरमा परिणत हुन चाहेमा देहायका शर्तहरु पूरा गरी स्वीकृतिका लागि व्यावसायिक योजना सहित यस बैंकमा निवेदन दिन सक्नेछन्:-
(क) यस बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको ।
(ख) नियमित रुपमा वार्षिक लेखापरीक्षण गरी साधारण सभा सम्पन्न गरेको ।
(ग) बैंक तथा वित्तीय संस्था पछिल्लो ३ वर्ष सञ्चित नोक्सानीमा नरहेको ।
(घ) यस बैंकको निर्देशन अनुरुपको पुँजीकोष (Capital Adequacy) पर्याप्त रहेको ।
(ङ) यस बैंकको निर्देशन अनुसार कर्जाको वर्गीकरण गरी सोको लागि पर्याप्त कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम गरेको ।
(च) निष्क्रिय कर्जा (NPA) पाँच प्रतिशत ननाघेको ।
(छ) प्रादेशिक स्तरमा कारोबार सञ्चालन गरेको ५ वर्ष पूरा भएको ।
(ज) New Capital Adequacy Framework 2008 पूर्णरुपमा लागू गर्न सक्ने प्रमाण पेश गरेको ।
(झ) नेपाल राष्ट्र बैंकबाट संस्था वा संस्थाका अध्यक्ष, सञ्चालक र कार्यकारी प्रमुख कारवाहीमा परेको भए सो कारवाही फुकुवा भएको अवधि ३ वर्ष पूरा भएको ।
(ञ) इजाजतपत्र दिंदा तोकिएका सबै शर्तहरु पूरा गरेको ।
२. राष्ट्रियस्तरमा परिणत हुनका लागि आवेदनसाथ संस्थापक/सञ्चालक विवरण, आगामी ५ वर्षको प्रक्षेपित वित्तीय अवस्था, व्यावसायिक रणनीति, प्राविधिक तथा व्यवस्थापन पक्ष र बजार संवेदनशीलता सहितको व्यावसायिक योजना तथा राष्ट्रियस्तरमा परिणत भएपछि कायम हुने कार्यक्षेत्र समेट्ने कर्जा नीति, लगानी नीति, निरीक्षण नीति, वासलात बाहिरका कारोबार सञ्चालन नीति, आन्तरिक लेखापरीक्षण नीति, गैर बैंकिङ सम्पत्ति व्यवस्थापन नीति, सम्पत्ति दायित्व व्यवस्थापन नीति, सूचना प्रविधि नीति र आफ्नो ग्राहक पहिचान नीति पेश गर्नु पर्नेछ ।
३. राष्ट्रियस्तरमा परिणत हुने सम्बन्धमा संस्थाका सञ्चालक समितिसँग अन्तरक्रिया गरी कागजात पूरा भएको मितिले ६० दिनभित्र सो सम्बन्धी प्रक्रियाको टुंगो लगाइनेछ ।
Controlled English translation
A provincial-level Class “B” or Class “C” financial institution wishing to become a national-level institution may apply with a business plan after fulfilling the prescribed minimum paid-up capital, regular audit/AGM, no accumulated loss for the preceding three years, adequate Capital Adequacy, adequate Loan Loss Provision, NPA not exceeding five percent, five completed years of provincial operations, ability to implement the New Capital Adequacy Framework 2008, completion of the regulatory-action cooling-off period where applicable, and all licensing conditions. The application shall include promoter/director details, a five-year projected financial/business plan and the policies required for national-level operations. After interaction with the Board, the process shall be concluded within 60 days after documents are complete.