नेपाली मूल पाठ
(१) इजाजतपत्रप्राप्त संस्थाले स्वीकार गर्ने निक्षेपको अवधि, प्रकार आदि सम्पूर्ण नियम तथा कार्यविधिका बारेमा इजाजतपत्रप्राप्त संस्था आफैंले नियम बनाई लागू गर्नु पर्नेछ र त्यस्तो नियम तथा कार्यविधि यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ ।
(२) इजाजतपत्रप्राप्त संस्थाले कारोबार नभएका बचत खाताको हकमा ३ वर्ष एवम् कल खाता र चल्ती खाताको हकमा १ वर्ष भन्दा बढी समयावधि व्यतीत भएपछि त्यस्तो खाता निष्क्रिय (Dormant) गर्नु पर्नेछ । यसअघि बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्था बमोजिम निष्क्रिय गरिएका खाताहरुको हकमा यसै व्यवस्था बमोजिम अध्यावधिक गर्नुपर्नेछ । साथै, सो खाता सक्रिय गर्दा संस्थाको ग्राहक पहिचान सम्बन्धी नीति बमोजिम अध्यावधिक भएको खाताको हकमा सम्बन्धित ग्राहकको निवेदनबाहेक अन्य कागजात लिन आवश्यक हुने छैन । विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अध्यावधिक गरी/गराई सो को पुष्टि गर्ने व्यवस्था गरी निष्क्रिय खाता सुचारु गर्न सकिने छ ।
(३) १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु इजाजतपत्रप्राप्त संस्थाले सार्वजनिक सूचना प्रकाशन गरी बन्द गर्न सक्नेछन् । यस्तो खाता बन्द गर्दा बैंकको वेबसाइटमा उपलब्ध गराउनु पर्नेछ ।
(४) बैंक वा वित्तीय संस्थाले दश वर्षदेखि चल्ती नभएको वा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हक दाबी नभएको निष्क्रिय खाताहरुको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र यस बैंकमा पठाउनु पर्नेछ । साथै, यस प्रकारको निक्षेप रकम लिन आउने सूचना सम्बन्धित बैंक वा वित्तीय संस्थाले प्रत्येक पाँच वर्षमा एक पटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुका साथै सो सम्बन्धी विस्तृत विवरण आफ्नो वेबसाइटमा समेत राख्नु पर्नेछ । कसैको हकदाबी पर्न नआएको निक्षेप रकम यस बैंकको “बैंकिङ विकास कोष” मा जम्मा गर्नु पर्नेछ ।
(५) इजाजतपत्रप्राप्त संस्थाले लाभांश घोषणा गरेको मितिले पाँच वर्षसम्म पनि सम्बन्धित शेयरधनी वा निजको हकवालाले सो लाभांश लिन नआएमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र शेयरधनीको नामनामेसी सहितको विवरण राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा एकपटक प्रकाशन गर्नु पर्नेछ । यस्तो सूचना प्रकाशनपछि पनि लाभांशको भुक्तानी लिन नआएमा सम्बन्धित संस्थामा “दाबी नभएको लाभांश खाता” खोली रकम जम्मा गर्नु पर्नेछ । यसरी रकमान्तर भएको लाभांश रकमको विवरण अर्धवार्षिक गरी प्रकाशन गर्नु पर्नेछ र सो विवरण आफ्नो वेबसाइटमा तीन वर्षसम्म राखी यस बैंकमा पेश गर्नु पर्नेछ ।
(६) इजाजतपत्रप्राप्त संस्थाले प्राकृतिक व्यक्ति वा नाफा कमाउने उद्देश्य नराखी स्थापना भएका संघ/संस्थाहरुको हकमा मात्र बचत खाता खोल्न सक्नेछन् । प्राकृतिक व्यक्ति/नाफा कमाउने उद्देश्य नराखी स्थापित संस्थाहरु बाहेक अन्य संस्था, कम्पनी र अन्य संगठित संस्थाहरुको बचत खाता खोल्न पाइने छैन । साथै, स्वीकृत बैंकिङ मान्यता अनुरुप सम्बन्धित संस्थाले चेकबुक जारी गर्ने खाता तथा जारी नगर्ने खाता छुट्याई सोही आधारमा चेकबुक जारी गर्ने व्यवस्था गर्नु पर्नेछ ।
तर, उक्त व्यवस्थाले प्राकृतिक व्यक्ति बाहेकका अन्य संघ, संस्था, कम्पनी लगायतका अप्राकृतिक व्यक्ति वा आर्जन हुने गरी राखिएको बचत खाता बाहेक अन्य खाता खोल्न बाधा पुर्याएको छैन ।
(७) इजाजतपत्रप्राप्त संस्थाले पाकेको मुद्दती निक्षेपको साँवा तथा ब्याज खातामा खोली मुद्दती निक्षेपमा प्रदान गरिने ब्याज र भुक्तानी अवधि (Maturity Period) पश्चात् फिर्ता हुने रकम त्यस्तो बचत खातामा अभिलेख जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ ।
(८) इजाजतपत्रप्राप्त संस्थाले कुनै प्राकृतिक व्यक्तिको रु. ५० लाख भन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (PAN) अनिवार्य रुपमा लिनुपर्नेछ ।
(९) इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि व्यक्ति, फर्म, कम्पनी र अन्य संगठित संघ संस्थाहरुलाई कुनै पनि प्रकारको निक्षेप स्वीकार गर्दा त्यस्तो रकममा निक्षेपमा दिइने अंकित ब्याजदर (Coupon Rate) बाहेक अन्य कुनै पनि प्रकारको शुल्क/कमिशन वा यसै अन्य शीर्षकबाट बैंक तथा वित्तीय संस्थालाई व्ययभार पर्ने कुनै प्रकारको आर्थिक सुविधा दिन पाइने छैन ।
Controlled English translation
(1) A licensed institution shall itself frame and implement rules and procedures concerning the term, type and all other matters relating to deposits accepted by it, and such rules and procedures shall be submitted to the Banks and Financial Institutions Regulation Department of this Bank and to the concerned Supervision Department.
(2) In the case of a savings account with no transaction, the account shall be made Dormant after three years; and in the case of a call account or current account, after more than one year has elapsed without transaction. Accounts previously made dormant under the institution’s policy shall be updated in accordance with this provision. When such an account is reactivated, where customer identification has been updated pursuant to the institution’s customer-identification policy, no document other than the concerned customer’s application shall be required. A dormant account may also be reactivated after customer identification has been updated through electronic means and arrangements have been made to confirm the same.
(3) Accounts having a zero balance and no transaction for ten years may be closed by the licensed institution after publication of a public notice. Information relating to such closure shall be made available on the bank’s website.
(4) A bank or financial institution shall, within the first month of each fiscal year, submit to this Bank particulars of accounts that have remained inactive for ten years or in respect of which no claim has been made under the Bank and Financial Institution Act, 2073. The concerned bank or financial institution shall also, once every five years, publish in a national daily newspaper a notice calling for claims to such deposit amounts and shall keep detailed information thereof on its website. Deposit amounts in respect of which no claim has been made shall be deposited in this Bank’s “Banking Development Fund”.
(5) Where, within five years from the date on which a licensed institution declares a dividend, the concerned shareholder or lawful claimant does not collect the dividend, particulars including the shareholder’s name shall be published at least once in a national newspaper within one month after the end of each fiscal year. If the dividend remains unclaimed even after publication of the notice, an “Unclaimed Dividend Account” shall be opened with the concerned institution and the amount deposited therein. Details of dividend amounts transferred in this manner shall be published half-yearly, kept on the institution’s website for three years and submitted to this Bank.
(6) A licensed institution may open savings accounts only for natural persons or associations/institutions established without a profit-making objective. Savings accounts shall not be opened for other institutions, companies or organised bodies. In addition, in accordance with accepted banking practice, the institution shall distinguish accounts for which chequebooks are issued from those for which chequebooks are not issued and arrange issuance accordingly.
However, nothing in this provision shall prevent non-natural persons, including associations, institutions and companies, from opening accounts other than an interest-bearing savings account.
(7) A licensed institution shall arrange that principal and interest of a matured fixed deposit, including the amount refundable after the Maturity Period, is credited to the relevant savings account.
(8) When a licensed institution accepts a fixed deposit exceeding NPR 5 million from a natural person, it shall mandatorily obtain the depositor’s Permanent Account Number (PAN).
(9) When a licensed bank or financial institution accepts any type of deposit from any person, firm, company or other organised association/institution, it shall not provide any charge, commission or other economic facility that creates a financial burden for the bank or financial institution in addition to the stated interest rate (Coupon Rate) payable on the deposit.