नेपाली मूल पाठ
(१) यस निर्देशन बमोजिम वर्गीकरण गरिएका कर्जा तथा बिल्स खरिदको लागि बक्यौता साँवा रकमको आधारमा देहायबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ :-
(२) निष्क्रिय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकरण भएका कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता (साँवा र ब्याज) रकम भुक्तानी भई ३ महिनासम्म कर्जा नियमित भएको अवस्थामा जुन वर्ग (कमसल, शंकास्पद र खराब) मा वर्गीकरण भएको छ, सोही वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र स्तरोन्नति हुनेगरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।
(३) कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा बक्यौतालाई कम्तीमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नु पर्नेछ ।
(४) कुनै ऋणी व्यक्तिले एक भन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा बक्यौतालाई कम्तीमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नु पर्नेछ ।
(५) कुनै समूहमित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा समूहमा रहेका अन्य ऋणीहरुको उक्त ऋणीसँगको व्यावसायिक अन्तरसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष रूपमा प्रभावित हुने समूहका अन्य ऋणीहरुलाई समेत सोही निष्क्रिय वर्गमा वर्गीकरण गर्नु पर्नेछ ।
जस्तै: समूहका पाँच ऋणीहरुमध्ये कुनै एक ऋणी कमसल वर्गमा वर्गीकरण भएमा बाँकी रहेका चार ऋणीमध्ये उक्त ऋणीबाट प्रत्यक्ष रूपमा प्रभावित हुने एक ऋणी भएमा सो ऋणी नियमित भएको अवस्थामा समेत कमसल वर्गमा वर्गीकरण गर्नु पर्नेछ । तथापि, कमसल वर्गमा वर्गीकरण भएको ऋणीबाट प्रत्यक्ष रूपमा प्रभावित नभएका अन्य तीन ऋणीलाई भने कमसल वर्गमा वर्गीकरण गर्न बाध्य हुने छैन ।
(६) एक वर्ष भन्दा बढी ग्रेस अवधि भएका ऊर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रूपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.०० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ ।
उदाहरणको लागि, कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.२५ प्रतिशत, दोस्रो वर्ष ०.५० प्रतिशत, तेस्रो वर्ष ०.७५ प्रतिशत र चौथो वर्षदेखि १.०० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्नु सकिने छ ।
(७) रेशम, जुट, कपास लगायतका कृषि खेती र व्यावसायिक रूपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलफूल खेतीका लागि प्रदान गरिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत, दोस्रो वर्ष ०.६ प्रतिशत र तेस्रो वर्षदेखि १.०० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ ।
(८) पुनर्संरचना वा पुनर्तालिकीकरण गरेको कर्जाको हकमा सो वापत देहायबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ :
(क) पुनर्संरचना र/वा पुनर्तालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भैरहेका कर्जालाई देहायबमोजिमका सबै अवस्थाको पालना गरी पुनर्संरचना र/वा पुनर्तालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ :
अ. पहिलो पटक पुनर्संरचना र/वा पुनर्तालिकीकरण गरिएमा ।
आ. समान किस्तामा भुक्तानी हुनेगरी पुनर्संरचना र/वा पुनर्तालिकीकरण गरिएमा ।
इ. बढीमा एक वर्षसम्म ग्रेस अवधि राखी कर्जा पुनर्संरचना र/वा पुनर्तालिकीकरण गरिएमा ।
(ख) पुनर्संरचना र/वा पुनर्तालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भैरहेका कर्जालाई माथि बुँदा नं. (क) मा उल्लिखित बाहेकको अवस्थामा पुनर्संरचना र/वा पुनर्तालिकीकरण गरिएमा न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । कमसल, शंकास्पद तथा खराब वर्गमा वर्गीकरण भैसकेका कर्जाहरुलाई पुनर्संरचना र/वा पुनर्तालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नु पर्नेछ । पुनर्संरचना र/वा पुनर्तालिकीकरण गरिएको कर्जामा कायम कर्जा नोक्सानी व्यवस्था लगातार दुईवर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइने छैन ।
(ग) किस्ताबन्दी वा सम मासिक किस्ता (Equal Monthly Installment, EMI) मा प्रदान गरिएका कर्जाको हकमा कर्जाको साँवा तथा ब्याज नियमित रहेको अवस्थामा देहायको त्यस्तो कर्जाको लागि पुनर्संरचना र/वा पुनर्तालिकीकरण सरह थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछैन ।
(अ) कर्जाको किस्ता अग्रिम भुक्तानी भएको (Prepayment) कारणले किस्ताबन्दीको रकम एवं किस्ता संख्या कम भएमा ।
(आ) परिवर्तनशील ब्याजदर भएका कर्जाको ब्याजदर परिवर्तन भएको कारणबाट कर्जाको समयावधि परिवर्तन भएमा ।
(इ) ब्याजदर परिवर्तन भई किस्ता रकम परिवर्तन हुने अवस्थामा सम्बन्धित ऋणीले लिखित अनुरोध गरेमा ऋणीको आम्दानीसमेत विश्लेषण गरी बढीमा वर्षको एकपटक किस्ता रकम परिवर्तन भएमा ।
(घ) पुनर्संरचना र/वा पुनर्तालिकीकरण गरिएका कर्जाको साँवा किस्ता तथा ब्याजको भुक्तानी (ग्रेस अवधि भएको अवस्थामा ग्रेस अवधि सकिएपश्चात्) लगातार दुई वर्षसम्म नियमित भएको अवस्थामा त्यस्ता कर्जालाई असल कर्जामा परिणत गर्न सकिने छ ।
(ङ) बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएका परियोजनाको उत्पादन क्षमता (Production Capacity) विस्तार हुने सुनिश्चित भई लगानीमा हुने वृद्धि वा अन्य लागतमा वृद्धि जस्ता कारणले शुरुमा तोकिएको कर्जा भुक्तानी गर्ने अवधि (Repayment Schedule) मा कर्जा चुक्ता गर्न सक्ने स्थिति नरहेका ऋणीमध्ये राष्ट्रिय प्राथमिकतामा रहेका हाइड्रोपावर, केबलकार, सिमेन्ट, तारे होटल वा अन्य पूर्वाधार निर्माण सम्बन्धी परियोजनाहरुलाई देहायका शर्त पूरा गरी पुनर्तालिकीकरण र/वा पुनर्संरचना गरेको अवस्थामा १.०० प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ । यसरी पुनर्तालिकीकरण र/वा पुनर्संरचना गरिएका कर्जालाई असल कर्जाको रूपमा वर्गीकरण गर्न सकिने छ ।
(अ) परियोजना निष्क्रिय नभई सञ्चालन मै रहेको वा सञ्चालन शुरु हुने क्रममा रहेको हुनुपर्ने, र
(आ) शुरुमा कर्जा प्रवाह गर्दा निर्धारण गरिएको ग्रेस (Moratorium) अवधि भन्दा पछिको अवधिमा पुगेको ब्याज पुँजीकृत गरी आम्दानी बाँध्न नपाइने ।
(इ) ऋणीले इजाजतपत्रप्राप्त संस्थालाई परियोजनाको उत्पादन क्षमता (Production Capacity) विस्तार भएको आधारहरु पेश गर्नुपर्ने तथा इजाजतपत्रप्राप्त संस्थाले सो वाजिब भएको सुनिश्चित गर्नुपर्ने ।
(च) बैंक तथा वित्तीय संस्थाले कन्स्ट्रक्सन व्यवसायका लागि प्रवाह गरेको कर्जा बन्दजन्य रोगका कारण साविकको भुक्तानी तालिका वा शर्त बमोजिम चुक्ता गर्न नसक्ने भई कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्नु परेमा एक पटकलाई ऋणीको ऋण तिर्ने लिखित योजना, धितो सुरक्षणको पर्याप्तता र भविष्यमा ऋण तिर्न सक्ने क्षमताका आधारमा पुनर्संरचना वा पुनर्तालिकीकरण गरेको अवस्थामा १.०० प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सक्ने गरी पुनर्तालिकीकरण/पुनर्संरचना गर्न सकिने छ । यसरी पुनर्तालिकीकरण/पुनर्संरचना गरिएका कर्जाहरुलाई असल कर्जाको रूपमा वर्गीकरण गर्न सकिने छ ।
(छ) शेयरको धितोमा प्रदान गरेको कर्जालाई पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाइने छैन ।
(ज) नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित रुग्ण उद्योगको पुनर्स्थापना तथा उपयुक्त निकासको लागि यस बैंकले जारी गरेको रुग्ण उद्योगका सम्बन्धमा वित्तीय क्षेत्रबाट हुनसक्ने सुविधा सम्बन्धी कार्यविधि, २०७० (कार्यविधि -२.१) बमोजिम हुने गरी कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दा न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ ।
(९) इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा निरीक्षण तथा कर्जा सुरक्षण कोषबाट सुरक्षण गराएको वा बीमा गराएको अवस्थामा त्यस्तो सुरक्षण गरेको कर्जाको लागि गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) मा ७५ प्रतिशत छुट दिई बाँकी २५ प्रतिशत मात्र व्यवस्था गरे पुग्ने छ ।
(१०) व्यक्तिगत/संस्थागत जमानीमा कर्जा प्रदान गर्दा ऋणीको व्यक्तिगत जमानी रकम बराबरको अन्य कसैको दाबी नलाग्ने सम्पत्तिको विवरण अनिवार्य रूपमा लिनु पर्नेछ । व्यक्तिगत/संस्थागत जमानीमा
मात्र प्रवाहित कर्जालाई पनि उपरोक्तानुसार वर्गीकरण गरी असल, सूक्ष्म निगरानी, कमसल र शंकास्पद कर्जामा पर्ने भए सो वर्गमा तोकिएको प्रतिशतको अतिरिक्त २० प्रतिशत थप गरी कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । अन्य चल, अचल सम्पत्ति तथा परियोजना धितोमा समेत ऋण र सुरक्षण वापत व्यक्तिगत/संस्थागत जमानतसमेत लिई कर्जा प्रवाह गरेको अवस्थामा सुरक्षणले नखामेको कर्जामा समेत अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ ।
तर, व्यक्तिगत/संस्थागत जमानीमा प्रवाह भएका देहायका कर्जामा थप कर्जा नोक्सानी व्यवस्था कायम गर्न अनिवार्य हुने छैनः
(क) क्रेडिट कार्ड कर्जा ।
(ख) इ.प्रा. निर्देशन नं. ३ को बुँदा नं. ५ को खण्ड (ख) मा उल्लिखित संस्थालाई प्रदान गरेको कर्जा ।
(ग) बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत जमानीमा प्रवाह भइरहेको शिक्षा कर्जा, परियोजना धितोमा प्रवाह भएको कर्जा तथा लघु वित्तीय संस्था एवम् सहकारी संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत लगानी गरेको कर्जामा उपबुँदा (५) बमोजिम तोकिएको कर्जा नोक्सानी व्यवस्थामा अतिरिक्त २० प्रतिशत थप कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ ।
(घ) प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्ने संस्थालाई प्रवाह हुने रु २५ लाख सम्मको कर्जा ।
(ङ) देहायका शर्त पालना हुने गरी प्रवाह भएको रु १५ लाखसम्मको व्यक्तिगत कर्जा ।
(अ) इजाजतपत्रप्राप्त संस्थाको कर्जा नीतिमा यस किसिमका कर्जा प्रवाह, अनुगमन तथा असुली सम्बन्धमा स्पष्ट उल्लेख गरेको हुनुपर्ने ।
(आ) यस किसिमका कर्जा प्रवाहका लागि इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिबाट छुट्टै प्रोडक्ट पेपर स्वीकृत गराई लागू गरेको हुनु पर्ने र कर्जा प्रवाह गर्दा प्रोडक्ट पेपर पूर्ण पालना गरेको हुनुपर्ने ।
(इ) ऋणीको आम्दानीको स्रोतले कर्जा भुक्तानी गर्न सक्ने स्पष्ट आधार हुनुपर्ने । त्यस्तो आम्दानीको स्रोत कर तिरेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट प्राप्त गर्ने समेत हुनुपर्ने । साथै, ऋणीले अनिवार्यरूपमा स्थायी लेखा नम्बर (PAN) लिएको हुनुपर्ने ।
(ई) सम-मासिक किस्ता (Equal Monthly Installment) मा कर्जा भुक्तानी हुने गरी भुक्तानी तालिका तय हुनुपर्ने । यस्तो कर्जाको अधिकतम समयावधि ७ वर्षसम्म मात्र हुनेछ । तर, इजाजतपत्रप्राप्त संस्थाले चौहद्दा रु १५ लाखको सीमाभित्र रही बढीमा रु. ५ लाखसम्मको overdraft कर्जा प्रदान गर्न सक्ने छन् ।
(उ) कोभिड-१९ बाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीहरुलाई मिति २०७९ माघ मसान्त सम्ममा प्रदान गरिएको कर्जा ।
(ऊ) यस्तो कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा बढी प्रवाह गर्न नपाइने ।
(च) पाँच करोडसम्मका परियोजना धितोमा प्रवाह भएका कर्जा ।
(छ) खण्ड (क) र (ङ) बमोजिमका कर्जा ९० दिन भन्दा बढी अवधिले भाखा नाघेमा खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने ।
(ज) यस्ता कर्जाको विवरण छुट्टै तयार गर्नुपर्ने छ ।
(११) इजाजतपत्रप्राप्त संस्थाले देहायको अवस्थामा बाहेक तेस्रो पक्षको धितोमा मात्रै प्रवाहित कर्जालाई यस निर्देशन बमोजिम वर्गीकरण गरी असल, सूक्ष्म निगरानी, कमसल र शंकास्पद कर्जामा पर्ने भए सो वर्गमा तोकिएको प्रतिशतको अतिरिक्त २० प्रतिशत थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । ऋणीको अन्य सम्पत्तिको सुरक्षणले नखाम्ने भई थप सुरक्षण वापत तेस्रो पक्षको धितोसमेत लिई कर्जा
प्रवाह गरेको अवस्थामा ऋणीको अन्य सम्पत्तिको सुरक्षणले नखामेको जति कर्जामा माथि उल्लेख भए बमोजिम थप कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । यस्ता कर्जाको छुट्टै विवरण तयार गर्नु पर्नेछ ।
(अ) ऋणी व्यक्ति भएमा निजको एकाघर परिवारका सदस्यको नाममा भएको धितो ।
(आ) ऋणी फर्म भएमा सो फर्मको प्रोप्राइटर, साझेदार वा निजको एकाघर परिवारका सदस्यको नाममा भएको धितो ।
(इ) जग्गा एकीकरण वा करारमार्फत व्यावसायिक कृषि, उद्योग र अन्य व्यवसाय सञ्चालन गर्न सम्झौता अनुसारको निज सम्पत्तिको सुरक्षणमा प्रदान गरिएको कर्जा ।
तर, मिति २०६९/०३/२९ भन्दा अघि प्रवाहित आवधिक कर्जाको हकमा अन्तिम किस्ता भुक्तानी अवधिसम्म यस्ता थप कर्जा नोक्सानी व्यवस्था गर्न बाध्यकारी हुने छैन ।
प्रष्टीकरणः यस प्रयोजनको लागि अन्य सम्पत्ति भन्नाले चल अचल सम्पत्ति र परियोजनाको सुरक्षण सम्झनुपर्दछ ।
(१२) इजाजतपत्रप्राप्त संस्थाले अर्थतन्त्रमा देखिने असहज अवस्था वा अन्य कुनै कारणले ऋणीको कर्जा तिर्ने क्षमतामा ह्रास आउने विश्लेषण गरेमा कर्जा सापटलाई तल्लो वर्गमा वर्गीकरण गर्न सक्नेछन् । उदाहरणका लागि कमसल कर्जालाई शंकास्पद वा खराब कर्जामा र शंकास्पदलाई खराब कर्जामा वर्गीकरण गर्न सकिने छ ।
(१३) इजाजतपत्रप्राप्त संस्थाले आफ्नो कर्जाको स्थिति हेरी यस निर्देशनमा तोकिएको न्यूनतम कर्जा नोक्सानी व्यवस्थाको अतिरिक्त थप कर्जा नोक्सानी व्यवस्था कायम गर्न चाहेमा त्यसरी थप कर्जा नोक्सानी गरिएको कर्जा खाताहरु स्पष्ट खुलाउनु पर्नेछ ।
(१४) कर्जा/सापट भन्नाले बिल्स खरिद तथा डिस्काउन्ट समेतलाई सम्झनु पर्दछ ।
प्रष्टीकरण : सक्रिय कर्जाको लागि गरिएको कर्जा नोक्सानी व्यवस्थालाई “सामान्य कर्जा नोक्सानी व्यवस्था (General Loan Loss Provision)” र निष्क्रिय कर्जाको लागि गरिएको कर्जा नोक्सानी व्यवस्थालाई “विशेष कर्जा नोक्सानी व्यवस्था (Specific Loan Loss Provision)” को रूपमा लिइने छ ।
(ग) न्यून प्रभावित क्षेत्र:
Controlled English translation
(1) Loan-loss provision shall be maintained on the outstanding principal amount of loans and bills purchased classified under this Directive as follows:
(2) Where a loan classified as non-performing (other than a restructured/rescheduled loan) becomes regular after full payment of all overdue principal and interest, it shall remain in the same category (Sub-standard, Doubtful or Loss) for three months and the corresponding loan-loss provision shall be maintained; only after that period may it be upgraded.
(3) Where a borrower institution has loans under more than one heading and any one loan is classified as non-performing, all other outstanding loans of that borrower that are classified as Pass shall be classified at least as Watch List.
(4) Where an individual borrower has loans under more than one heading and any one loan is classified as non-performing, all other outstanding Pass loans of that borrower shall be classified at least as Watch List.
(5) Where a loan of any borrower within a group is classified as non-performing, the effect of that borrower’s business interrelationship with other borrowers in the group shall be analysed, and other group borrowers directly affected by that borrower shall also be classified in the same non-performing category.
Example: if one of five group borrowers is classified as Sub-standard and one of the remaining four is directly affected by that borrower, that directly affected borrower shall also be classified as Sub-standard even if its loan is regular. The other three borrowers not directly affected need not be classified as Sub-standard.
(6) For Pass loans extended to energy and other infrastructure-construction projects with a grace period exceeding one year, loan-loss provision may be built up proportionately during the grace period so that a 1.00 percent general loan-loss provision is maintained in the final year.
For example, for a loan with a four-year grace period, the general provision may be 0.25 percent in year one, 0.50 percent in year two, 0.75 percent in year three and 1.00 percent from year four onward.
(7) For loans extended for cultivation of silk, jute, cotton and similar agricultural crops and commercial cultivation of fruits such as mango, orange, junar, sweet orange, kiwi, dragon fruit, lemon, litchi and avocado, general loan-loss provision may be maintained at 0.2 percent in the first year, 0.6 percent in the second year and 1.00 percent from the third year onward.
(8) In the case of a restructured or rescheduled loan, loan-loss provision shall be maintained as follows:
(a) Where a loan classified as Performing at the time of restructuring/rescheduling is restructured/rescheduled while satisfying all of the following conditions, a minimum provision of 12.5 percent shall be maintained:
(i) it is restructured/rescheduled for the first time;
(ii) repayment is restructured/rescheduled in equal instalments; and
(iii) the grace period after restructuring/rescheduling does not exceed one year.
(b) Where a loan classified as Performing at the time of restructuring/rescheduling is restructured/rescheduled in circumstances other than those specified in paragraph (a), a minimum 25 percent provision shall be maintained. For loans already classified as Sub-standard, Doubtful or Loss, the existing loan-loss provision shall continue after restructuring/rescheduling. The provision maintained on a restructured/rescheduled loan shall not be adjusted unless the loan remains regular continuously for two years.
(c) In the case of loans repayable in instalments or Equal Monthly Instalments (EMI), where principal and interest remain regular, the following changes shall not require additional provision as if the loan had been restructured/rescheduled:
(i) where the instalment amount and number of instalments decrease due to prepayment.
(ii) where the loan tenure changes due to a change in the interest rate on a variable-rate loan.
(iii) where a change in interest rate requires a change in the instalment amount and, upon the borrower’s written request and after analysing the borrower’s income, the instalment amount is changed not more than once in a year.
(d) A restructured and/or rescheduled loan may be converted into a Pass loan where payment of principal instalments and interest remains regular continuously for two years (after expiry of the grace period, where a grace period applies).
(e) Where expansion of the Production Capacity of a project financed by a bank or financial institution is assured, but the borrower is unable to repay within the originally fixed Repayment Schedule due to increased investment or other cost escalation, loans to nationally-prioritized hydropower, cable-car, cement, star-hotel or other infrastructure-construction projects may, upon restructuring and/or rescheduling subject to the following conditions, maintain only a 1.00 percent loan-loss provision. Loans so rescheduled and/or restructured may be classified as Pass loans.
(i) The project must not be inactive; it must be in operation or in the process of commencing operation; and
(ii) interest accruing after the Moratorium period originally fixed when the loan was disbursed shall not be capitalized and recognized as income.
(iii) The borrower shall submit to the licensed institution the bases evidencing expansion of the project’s Production Capacity, and the licensed institution shall satisfy itself that such bases are reasonable.
(f) Where a loan extended by a bank or financial institution to a construction business cannot be repaid under the existing repayment schedule or conditions due to obstruction-related circumstances and restructuring or rescheduling becomes necessary, it may, on a one-time basis, be restructured/rescheduled on the basis of the borrower’s written repayment plan, adequacy of collateral security and future repayment capacity while maintaining only a 1.00 percent loan-loss provision. Loans so rescheduled/restructured may be classified as Pass loans.
(g) A loan provided against the security of shares shall not be restructured or rescheduled.
(h) Where a loan is rescheduled or restructured in accordance with the Procedure Relating to Facilities that May be Provided by the Financial Sector in respect of Sick Industries, 2070 (Procedure 2.1), issued by Nepal Rastra Bank for rehabilitation and appropriate exit of sick industries published by the Government of Nepal in the Nepal Gazette, a minimum loan-loss provision of 25 percent shall be maintained.
(9) Where a loan extended by a licensed bank or financial institution is secured through the Deposit and Credit Guarantee Fund or insured, a 75 percent concession may be given from the Loan Loss Provision otherwise required for the secured/insured portion, and only the remaining 25 percent need be provided.
(10) When granting a loan against a personal/institutional guarantee, details of other property of the guarantor, free from any other claim and equal in value to the guarantee amount, shall mandatorily be obtained. In the case of loans granted against personal/institutional guarantees
only, such loans shall also be classified in accordance with the foregoing provisions and, where they fall within Pass, Watch List, Sub-standard or Doubtful categories, an additional 20 percentage points of loan-loss provision shall be maintained over and above the percentage prescribed for that category. Where a loan is granted against other movable or immovable property or project collateral together with a personal/institutional guarantee as additional loan security, an additional 20 percentage points of loan-loss provision shall also be maintained on the portion of the loan not covered by the collateral.
Provided that the additional loan-loss provision shall not be mandatory for the following loans extended against personal/institutional guarantees:
(a) credit-card loans.
(b) loans granted to institutions referred to in paragraph (b) of Clause 5 of NRB Directive No. 3.
(c) In the case of education loans extended by banks and financial institutions against personal guarantees, loans extended against project collateral, and loans invested in microfinance institutions and cooperatives under deprived-sector lending, an additional 20 percentage points of loan-loss provision shall be maintained over the provision prescribed under sub-clause (5).
(d) loans up to NPR 2.5 million extended to institutions providing technical and vocational training.
(e) personal loans up to NPR 1.5 million extended subject to the following conditions:
(i) the licensed institution’s credit policy shall clearly provide for the disbursement, monitoring and recovery of such loans.
(ii) a separate product paper for such lending shall be approved and implemented by the Board of Directors of the licensed institution, and the product paper shall be fully complied with when granting the loan.
(iii) there shall be a clear basis showing that the borrower’s source of income is sufficient to repay the loan. Such income shall also be received through an account maintained with a bank or financial institution and be subject to applicable tax compliance. The borrower shall mandatorily have obtained a Permanent Account Number (PAN).
(iv) a repayment schedule shall be fixed for repayment through Equal Monthly Instalments. The maximum tenure of such a loan shall be seven years. Provided that a licensed institution may, within the overall ceiling of NPR 1.5 million, grant an overdraft facility of up to NPR 0.5 million.
(v) loans granted up to the end of Magh 2079 to professional businesspersons engaged in various professions affected by COVID-19.
(vi) such loans shall not exceed 5 percent of total loans.
(f) loans up to NPR 50 million extended against project collateral.
(g) loans under paragraphs (a) and (e) that become overdue for more than 90 days shall be classified as Loss and a 100 percent loan-loss provision shall be maintained.
(h) details of such loans shall be prepared separately.
(11) Except in the circumstances stated below, a loan extended solely against third-party collateral shall be classified in accordance with this Directive and, where it falls within Pass, Watch List, Sub-standard or Doubtful, an additional 20 percentage points of loan-loss provision shall be maintained over the percentage prescribed for that category. Where the borrower’s own collateral is insufficient and third-party collateral is also taken as additional security, the loan
shall carry the additional loan-loss provision described above on the portion not covered by the borrower’s own collateral. Separate details of such loans shall be prepared.
(i) Where the borrower is an individual, collateral standing in the name of a member of the borrower’s undivided household/family.
(ii) Where the borrower is a firm, collateral standing in the name of the proprietor or partner of that firm, or a member of such person’s undivided household/family.
(iii) A loan granted against the security of property held pursuant to an agreement for operating commercial agriculture, industry or another business through land pooling or contractual arrangements.
Provided that, in the case of term loans extended before 2069/03/29, it shall not be mandatory to maintain such additional loan-loss provision until the date of the final instalment.
Explanation: For this purpose, “other property” means movable and immovable property and project security.
(12) Where a licensed institution analyses that the borrower’s repayment capacity is likely to deteriorate due to economic stress or any other reason, it may classify the loan/advance into a lower category. For example, a Sub-standard loan may be classified as Doubtful or Loss, and a Doubtful loan may be classified as Loss.
(13) A licensed institution may, having regard to the condition of its loan portfolio, maintain loan-loss provision in excess of the minimum prescribed in this Directive; where it does so, the loan accounts on which such additional provision is maintained shall be clearly disclosed.
(14) “Loan/advance” includes bills purchased and discounted.
Explanation: Loan-loss provision made for Performing loans shall be treated as “General Loan Loss Provision”, and loan-loss provision made for Non-Performing loans shall be treated as “Specific Loan Loss Provision”.
(c) Less affected sectors: